समाचार

विराटनगर विमानस्थलको मेसिन बिग्रिदा घन्टौंसम्म लाइन बस्न बाध्य

विराटनगर, असोज १५ गते । विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ ।विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर बन्द भएको दुई महिना बिते पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको लेदो विमानस्थलका दुईवटै एक्स–रे मेसिनमा पसेर बिग्रिएपछि अहिलेसम्म […]


भरतपुर महानगरले ३ अर्बको बजेट ल्याउँदै, कात्तिकभित्र नगरसभा

चितवन , असोज १५ गते । चितवनको भरतपुर महानगरपालिकाले ३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु सुरु गर्न लागेको हो । बजेटको प्राथमिकता भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बजेटमा सडक सञ्जाल पहिलो […]


सरकार र चिकित्सक संघबीच चार बुँदे सहमति, ८ दिनपछि अस्पताल खुले

काठमाडौं / असोज १३ गते । मुलुकभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलनमा रहेका नेपाल चिकित्सक संघ र सरकारबीच चार बुँदे सहमति भएको छ । संयुक्त राष्ट्रको महासभामा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएको भोली पल्ट आजै बालुवाटारमा भएको वार्तामा स्वास्थ्य मन्त्रालय र संघबीच चार बुँदे सम्झौता भएको हो । यसअघि भएका पटकपटकका […]


तनहूँस्थित ढोरवाराहीमा रहस्यमय प्राकृतिक ‘लहरी’

पोखरा, असोज १३ गते । मन्दिर छेउमै रहेको कुण्डमा पानी कम थियो । माछामा विचलन आएको जस्तो देखिन्थ्यो, केही समयमा सबै माछा पानी आउने मुहानतिर एकीकृत भएलगत्तै चट्टानको भित्रबाट पानीको ठूलो भल्को आउनासाथ व्यग्र प्रतीक्षामा रहेका पर्यटक एवं भक्तजनमा खुशियाली छायो । सयौँ वर्षदेखि ठूलो पहाडको भित्रबाट पहरो छिचोल्दै प्रत्येक दुई घण्टाको अन्तरालमा आएको पानीको […]


नवलपरासीका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

नवलपरासी, असोज १३ गते । नवलपरासीका विभिन्न धार्मिक शक्तिपीठहरुमा आज नवमीका दिन बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । जिल्लाको विशेषगरी मौलाकालिका, दाउन्ने र पाल्ही भगवती मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो । दशैँ शुरु भएदेखि नै जिल्लाका विभिन्न धार्मिक शक्तिपीठमा पूजाआजा र दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । विशेषगरी यतिबेला ती शक्तिपीठमा नेपालीसहित […]


निर्वाचनलाई पर्वका रुपमा मनाउनुपर्छ– प्रमुख आयुक्त डा यादव

काठमाडौँ, असोज १२ गते ।प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापकीय तयारीमा आयोग जुटिसकेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा प्रमुख आयुक्त यादवले मंसिरमा हुने निर्वाचनको लागि आवश्यक कानून र ऐन प्राप्तभएपछि अन्य व्यवस्थापकीय तयारीको काम भइरहेको जानकारी दिनुभयो । आगामी निर्वाचनमा सवै […]


गौरीफन्टामा नेपाली ग्राहकको चहलपहल बढ्दो

धनगढी, असोज १२ गते । बडा दशैँको समयमा मालसामान किनमेल गर्ने नेपाली ग्राहकको भारतीय सीमावर्ती बजार गौरीफन्टामा चहलपहल ह्वात्तै बढेको छ । गौरीफन्टामा नेपाली ग्राहकको ओइरो लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न सकेको छैन्, जसकारण यहाँका नेपाली व्यापारी चिन्तित बनेका छन् । नेपाली बजारको तुलनामा गौरी फन्टामा सामान सस्तो पाइने विश्वासमा चाडबाड […]


भीमेश्वर मन्दिरमा पसिना आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने

काठमाडौँ,असोज ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाउनुभएको छ । भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा मंगलबार पसिना आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति भण्डारीले पूजा सामग्री पठाउनुभएको हो । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, मन्दिरका पूजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितका प्रतिनिधि […]


जिब्रोको स्वादका लागि देवीका नाममा पशु बलि १

काठमाडौँ, असोज ११ गते । प्रत्येक वर्ष नवरात्र शुरु भएपछि बलि प्रथाको पक्ष र विपक्षमा बहस चर्कन्छ, एक थरीले बलि शास्त्रसम्मत भएको दावी गर्छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन् । मासु मीठो लाग्नेले देवतालाई चढाउने नाममा बलि प्रथालाई प्रश्रय दिएको अथ्र्याइन्छ । तर बलि प्रथा शास्त्रसम्मत हो भन्नेहरूले वर्षभर विभिन्न नाममा काटिने पशुको […]


सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार

काठमाडौँ, असोज ९ गते । नेपाली सिमेन्ट उद्योगीले नेपाल विद्युत् प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरुले गुणस्तरयुक्त सिमेन्ट उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका हुन् । प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter