समाचार

मुद्रा सटहीका लागि राष्ट्र बैंक र विकास कोषबीच सम्झौता

कपिल ज्ञवाली / सिद्धार्थनगर, चैत २३ गते । लुम्बिनीमा दान वापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौतापत्रमा […]


कृषकलाई आधुनिक मौरीको घार वितरण

शेरबहादुर राई / ओखलढुङ्गा, चैत २३ गते । ओखलढुङ्गामा ३५ जना कृषकलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । सिद्धिचरण नगरपालिकाले नगरभित्रका ३५ जना मौरीपालक कृषकलाई आधुनिक घार वितरण गरेको हो । नगरपालिकाको १२ वडाका ३५ जना कृषकलाई ७५ प्रतिशत अनुदानमा आधुनीक मौरीको घार वितरण गरिएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताउनुभयो । नगरपालिकाको कृषि […]


सरकारको न्यूनतम साझा कार्यक्रम : अर्थतन्त्र सवलीकरणमा जोड

सपना थामी / काठमाडौं, चैत २२ गते। सरकारको साझा न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। वर्तमान सरकारले साझा न्यूनतम कार्यक्रममा सहमतिका लागि विभिन्न चरणमा छलफल गरिरहेको छ। यसका लागि कार्यदलमा नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेल र जनता समाजवादी पार्टीका […]


उपत्यकामा बढ्दै कोरोना सङ्क्रमित : चार जना आईसीयू र एक भेन्टिलेटरमा

काठमाडौं, चैत २२ गते। काठमाडौं उपत्यकामा १७ जना बिरामी संस्थागत आइसोलेसनमा भर्ना भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १७ जना बिरामी संस्थागत आइसोलेसनमा भर्ना भएका हुन्। जसमध्ये चार जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। पछिल्लो २४ घण्टामा १७ सय ६८ जनाको कोरोना परीक्षण गर्दा ९८ जनामा कोरोना पुष्टि भएको छ। […]


साइपालमा दुई सय १६ मेगावाटको जलविद्युत निर्माण हुँदै

बझाङ चैत २१ गते । साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको छ । ‘बझाङ माथिल्लो सेती जलविद्युत आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युत गृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ । आयोजना […]


विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, चैत्र २१ गते। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ। उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर प्राधिकरणले गरिरहेका कार्यको जानकारी लिने क्रममा नेपाल जलवायुजन्य लगायतका जोखिममा रहेकोले न्यूनीकरण तथा व्यवस्थापनका कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो। विपद्का ठूला घटना भएपछि त्यसको चर्चा हुने तर […]


पाँचथरको फालेलुङमा चौँरी पर्यटन महोत्सव

राधा लुइटेल / फिदिम, चैत २० गते । पाँचथरको फालेलुङमा २०७४ सालदेखि आयोजना हुँदै आएको चौँरी महोत्सवको छैटौँ संस्करण यो वर्ष चैत ३० देखि वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ । यो वर्ष आयोजना हुन लागेको महोत्सवलाई ‘छैटौँ फालेलुङ चौँरी पर्यटन महोत्सव’ भनिएको छ । फालेलुलुङ गाउँ पालिकाको प्रवर्धनमा चौँरी पर्यटन महोत्सवको आयोजना फालेलुङ […]


१० हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

काठमाडौं, चैत २० गते । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका […]


रुघाखोकी लाग्दा एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, चैत १९ गते। सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ। त्यस्तै, घरमा कसैलाई […]


बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत १९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त भइसक्नुभएकाले अब सम्बद्ध पक्षसँग छलफल गरी आयोजना अगाडि बढाइने स्पष्ट पार्नुभयो। गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter