
लक्ष्मण पौडेल / भैरहवा, माघ ४ गते । लुम्बिनीका होटल व्ष्वसायीहरुले लुम्बिनी विकास कोषको क्षेत्रभित्र रिसोर्ट नबनाउन आग्रह गरेका छन् । कोषको जग्गाभित्र रिसोर्ट बनाइए त्यो गुरुयोजना विपरीत हुने र त्यसमा आफूहरुको सहमति नहुने उनीहरुको भनाइ छ । लुम्बिनी विकास कोषभित्र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी संसारा वेलनेस कम्पनीलाई रिसोर्ट सञ्चालनका लागि […]

जनकपुरधाम, माघ ३ गते । प्रदेश २ को सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामलाई बहुमतले पारित गरेको छ । प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएको छ । आजको बैठकमा प्रदेशसभा सदस्यहरु शैलेन्द्र साह, शैलेन्द्र यादव र […]

काठमाडौं, माघ २ गते । नेपाल सरकारले नेपाल र भारतबीचको विवादित क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुअघि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो । उक्त अवसरमा उहाँले महाकाली नदीको पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी […]

काठमाडौं, माघ १ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनेपर्ने बताउनुभएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझेपछि बोल्ने क्रममा शनिबार प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताउनुभएको हो । ‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी […]

काठमाडौं, पुस ३० गते । निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली सङ्कलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ । राजनीतिक दलहरुका निर्वाचन हेर्ने प्रतिनिधिलाई बोलाएर आयोगले राष्ट्रियसभा निर्वाचनका लागि भइरहेको तयारी, मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम र स्थानीय निर्वाचनका विषयमा दलगत धारणा मागेको हो […]

काठमाडौं, पुस २९ गते । सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न हुने बताउनुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा ऊर्जामन्त्री […]

काठमाडौँ, पुस २८ गते । चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३।९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३।९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा […]

काठमाडौँ, पुस २७ गते । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा उत्खननका लागि अनुमति प्रदान […]

चाँदनी हमाल / काठमाडौँ, पुस २६ गते। नेपालमा विद्युतीय राहदानीको प्रचलन गत मङ्सिर १ गतेदेखि औपचारिक रूपमा सुरु भयो तर त्यो बनाउन अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रको नम्बर लिने विषयमा भने आमनागरिकमा अन्योल छ । विद्युतीय राहदानी बनाउन आवश्यक राष्ट्रिय परिचयपत्रको नम्बर उपलब्ध गराउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा अभियान नै थालेको छ । आफ्नो स्थायी […]

काठमाडौं, पुस २५ गते । विभिन्न १० वटा देशबाट त्रिभुवन विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । कुवेत, मलेसिया, कतार, दुबई, साउदी, चीन, टर्की, श्रीलङ्का, भारत र सिङ्गापुरबाट नियमित उडान हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका लागि २० वटा वायुसेवा कम्पनीले ३० वटा गन्तव्यमा उडान गर्दे आए पनि हाल १० देशबाट […]