
वीरगञ्ज, माघ १४ गते। देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो। आर्थिक […]

खोटाङ – जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ। केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो। उत्पादनमा वृद्धि भए पनि यसले […]

काठमाडौं, माघ १२ गते । नेपालका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो । जनगणनाको तथ्याङक अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या छ लाख नौ हजार ८५८ ले बढी […]

काठमाडौं, माघ ११ गते। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले यस्तो आग्रह गरेको हो। २०७४ वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकाले जनप्रतिनिधिको पदावधि सकिन लागेको भन्दै आयोगले यस्तो आग्रह गरेको हो। आयोगका सहसचिव एवम् […]

काठमाडौं, माघ १० गते । यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सौर्य परियोजनामा प्रयोग हुने उपकरणको मूल्य घटेको तथा लागत क्रमशः कम हुँदै गएको सन्दर्भलाई ध्यान दिँदै नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) […]

काठमाडौं, माघ ९ गते । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्र सङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्वसंस्थाका महत्वपूर्ण पदमा रहेर काम गर्ने अवसर भने पाएको […]

अमराज नहर्की / तनहुँ, माघ ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले तनहुँ जलविद्युत आयोजनालाई जनमैत्री हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । शनिबार निर्माणधीन आयोजनाको स्थलगत निरीक्षण तथा अवलोकनपछि आयोजित ब्रिफिङ कार्यक्रममा सो कुरा बताउनुभएको हो । स्थलगत अवलोकन गरेर उहाँले हालसम्म आयोजनाका प्राविधिक पक्ष, प्रसारण तथा वितरण लाइन, सुरुङ मार्ग, […]

काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको बताउनुभएको छ । उहाँले सरकारले कार्यभार सम्हालेको छ महिनाको अवधिमा भएका कार्य र हासिल भएका उपलब्धिले सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट भएको र […]

नवीन शिशिर विक / बागलुङ, माघ ६ गते । बागलुङको काठेखोला गाउँपालिका– २ भीमापोखरा डहरेका बलबहादुर केसीको जीवनको ऊर्जाशील बाह्र बर्ष रोजगारीको क्रममा साउदीमा बित्यो । छरछिमेकमा जान्ने सुन्ने, समाजसेवी, नेताहरुलाई काम मिलाउन आग्रह गरे पनि पार नलागेपछि उहाँ साउदी साउदी हान्निनुभयो । साउदीमा रहँदा उहाँले भेडा गोठालोको काम गर्नुभयो । आफ्नो गाउँघरमा गाईभैसी, भेडा, […]

काठमाडौं, माघ ५ गते । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्यालाई नीतिगतरूपमा सम्बोधन गरिने बताउनुभएको छ । मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा निजी क्षेत्रका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले निजी क्षेत्रको हित विपरीत कुनै निर्णय नलिइने बताउनुभयो । ‘निजी क्षेत्रको सरोकारलाई सम्बोधन गर्न सरकार तयार छ, निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अगाडि बढ्छ’, उहाँले […]