एक्सक्लुसिभ समाचार

नेपाललाई एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौँ, पुस १३ गते । साविक विजेता नेपालले एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि रक्षा गरेको छ । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मङ्गलबार भएको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ को जित निकाल्यो । नेपाली महिला टोलीले […]


नयाँ पर्यटन गन्तव्य अवधारणाका रूपमा ‘स्वर्ण त्रिकोण’

गण्डकी, पुस १२ गते । ‘जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कताकता छल्किन्छ ममता मेरो, भावगङ्गा जतातता’ (बमबहादुर जिताली, भक्तराज आचार्य) शान्तिका प्रणेता गौतम बुद्ध जन्मभूमि लुम्बिनी यतिखेर विश्वकै अनुपम गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई देशविदेशमा […]


आफ्नै शिक्षण अस्पताल नहुँदा आयुर्वेद विद्यार्थीहरु मर्कामा

गोकर्ण पौडेल, तुलसीपुर, पुस ११ गते । सातै वटै प्रदेशबाट आएर आयुर्वेद डाक्टर बनेकाहरु, जहाँ अध्ययन गरे, त्यहीँ व्यवहारमा अध्यास गर्न नपाउँदा समस्यामा पर्ने गरेका छन् । दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थानमार्फत सञ्चालनमा रहेको आयुर्वेद केन्द्रीय विद्यापीठमा अध्ययन गरिरहेका विद्यार्थीहरु सो अवसरबाट वञ्चित भएका हुन् । आयुर्वेद अध्ययन संस्थानले शिक्षण भवन प्राप्त […]


सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने

काठमाडौ, पुस १० गते । अति विपन्न समुदायको निःशुल्क र विपन्न नागरिकको सरकारी अस्पतालमा लाग्ने खर्चभन्दा कम शुल्कमा मिर्गौला, पत्थरीको शल्यक्रिया गर्न पाइने भएको छ । युरोलोजिष्ट डा.सञ्जय खड्गीले अति विपन्न परिवारका सदस्यको नि:शुल्क रुपमा र पिपन्न परिवारको सरकारी अस्पतालमा लाग्ने खर्चमै आफूले मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने जानकारी दिनुभयो । डा. खड्कीले १६ वर्षमा १२ […]


भाडामा बस्नेलाई पनि विद्युत् मिटर राख्न दिइने

काठमाडौँ, पुस ९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताउनुभएको छ । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत खपत गर्ने […]


मासिक २५ रुपियाँबाट सुरु गरेको महिला सहकारीमा करोडौं बचत

गोकर्ण दायल / बैतडी, पुस ८ गते । मासिक २५ रुपियाँबाट बचत गर्न सुरु गरेको महिला सहकारीमा अहिले दुई करोड ३० लाख रुपियाँ लगानीयोग्य पुँजी र एक करोड ६० लाख रुपियाँ बचत जम्मा भएको छ । बैतडीको दशरथचन्द नगरपालिका–४, स्थित जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था खोलेर मासिक २५ रुपियाँ बचत गर्न सुरु गरेर […]


पुनर्निर्माणको काम समयमै पूरा गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ, पुस ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार बसेको निर्देशक समितिको २१औँ बैठकमा पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने विश्वास दिलाउनुभएको थियो । उहाँले २०७२ सालको भूकम्पबाट […]


कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्छ : ओली

नारद कोहार / तौलिहवा, पुस ६ गते । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मंगलबार कपिलवस्तुको बहादुरगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी प्रवेश तथा बृहत जनसभामा बोल्दै उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा धेरै उद्योग रहेका छन् । अब हामीले कपिलवस्तु जिल्लालाई औद्योगिक […]


खोप धेरै स्टोरेज नगर्न र अभियान प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, पुस ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले कोभिड विरुद्धको […]


सर्वदलीय बैठक सम्पन्‍न : संसद्‍को गतिरोध र एमसीसीबारे छलफल

काठमाडौँ, पुस ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सम्पन्न भएको छ । संघीय संसद्‍को गतिरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सर्वदलीय बैठकमा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्‍मा गर्दै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter