एक्सक्लुसिभ समाचार

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय; कार्यतालिका एक/दुई दिनमा, मातदाता नामावली सङ्कलन भोलिबाट बन्द

काठमाडौं, माघ २४ गते । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयाे । यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो । यसअघि तीन चरणमा […]


कोरोना सङ्क्रमण कम भएसँगै लयमा फर्कँदै बैदेशिक रोजगार

विष्णु पाण्डेय / काठमाडौं,माघ २३ गते । विगत दुई वर्षदेखि न्यून रहको बैदेशिक रोजगारीको श्रम स्वीकृति संख्या पुनःलयमा देखिन थालेको छ । बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कोरोना संक्रमको सुरुवाती अवस्थामा भन्दा अहिले बैदेशिक रोजगारीका लागि जान चाहनेको संख्या बढेको देखिएको छ । गत आर्थिक वर्षको पहिलो छ महिना तुलनाका चालु आवको सोही समयमा बैदेशिक […]


हिमपातले जुर्मुरायो स्थानीय पर्यटन क्षेत्र

बेलिना थापा / लमजुङ, माघ २२ गते । पहाडी जिल्ला लमजुङमा हिमपात हुन थालेपछि पर्यटकीय गाउँहरु स्थानीय पर्यटकले भरिभराउ भएको छ । स्थानीय पर्यटक बढेपछि स्थानीय पर्यटनमा टेवा पुगेको स्थानीयको बुझाई छ । उच्च पहाडी क्षेत्रमा बिहीबार रातिदेखि शुक्रबार रातीसम्म बाक्लो हिमपात भएको थियो । हिमपात भएपछि हिउँ खेल्न पर्यटकीय गाउँ जानेको भीड लागेको छ […]


नेपालमा हस्तकला सिसा उद्योगको दुई दशक : भारत र चीनका बजारसँग प्रतिस्पर्धा

काठमाडौं, माघ २१ गते । उच्चशिक्षा र रोजगारीका लागि नुवाकोटबाट २०५१ सालमा काठमाडौं छिरेर ठमेलका गल्लीतिर भौँतारिँदै गर्दा श्यामप्रसाद तिमिल्सिनालाई एक होटलमा काम गर्ने अवसर मिल्यो । अरुको काम गरेर मात्रै जीवन चल्दैन, आफैले केही गर्नुपर्छ भन्ने भावनालाई साकार पार्ने अठोट लिएका तिमिल्सिना होटेलमा भेटिएका एक विदेशीको प्रोत्साहनमा हस्तकलाको काम सिक्न भारतको नयाँ दिल्ली जान […]


‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दाङका किसान

देउखुरी, माघ २० गते । घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुनुहुन्छ । उहाँले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पाल्नुभएको छ । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उहाँलाई बाख्रा पाल्न सजिलो भएको छ । उहाँ हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउनुहुन्छ । उहाँले पूरै […]


सिमसार दिवसः पर्यटनका नाममा सिमसारकाे पर्यावरण मासियो

विष्णु पाण्डेय / काठमाडौं, माघ १९ गते। प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा ‘मानिस र प्रकृतिका लागि सिमसारको भूमिका’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सन् १९९७ देखि फेब्रुअरी २ लाई सिमसार दिवसको रुपमा मनाउँदै आइएको छ। विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले रामसार महासन्धि १९७१ […]


मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

काठमाडौं, माघ १८ गते । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौं उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी […]


मासु पसलबाट मासिक दुई लाख बढी रुपियाँ आम्दानी

राजन रावत / हुम्ला, माघ १७ गते । दुर्गम क्षेत्रमा सञ्चालन गरिएको मासु पसलबाट मासिक दुई लाख कमाई हुने गरेको पाइएको छ । वेरोजगार बस्नुभन्दा सानै लगानीबाट सुरु गरिएको सो व्यवसायबाट राम्रो कमाई भएको पसल सञ्चालकको भनाई छ । सुमित्रा फ्रेस हाउसकी सञ्चालक सुमित्रा थापाले मासु व्यवसायबाटै मासिक दुई लाखको कमाई हुनेगरेको बताउनुभयो । दैनिक […]


‘कार्ययोजना बनाएर मेलम्चीको पानी ल्याउने काम भइराखेको छ’

काठमाडौं, माघ १६ गते। खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले भन्नुभयो, ‘अहिले त्यहाँ १२ वटा स्काभेटर […]


जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति

काठमाडौं, माघ १५ गते। सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रवितधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकमा स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter