एक्सक्लुसिभ समाचार

चार रेक्टर माथिका ५५२ पराकम्प, ९३ प्रतिशत निजी आवाश निर्माण

विष्णु पाण्डेय / काठमाडौँ, बैशाख १२ गते । २०७२ सालमा आएको गाेरखा भूकम्पको आज छ वर्ष पूरा भएको छ । ०७२ सालमा आजकै दिन अर्थात बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएको ६.७ रेक्टरस्केलको भूकम्पले भैतिक क्षति गर्नुका साथै मानवीय क्षति पनि गर्यो । गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५५२ वटा पराकम्प गएको […]


इतिहास झल्किने, आधुनिकता टल्किने धरहराको उद्घाटन गर्न पाउँदा खुशी छुः प्रधानमन्त्री

सपना थामी / काठमाडौं,वैशाख ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित धरहराको औपचारिक उद्घाटन गर्दै इतिहास झल्किने आधुनिकता टल्किने ऐतिहासिक धरहराको औपचारिक उद्घाटन गर्न पाउँदा खुशी लागेकोे बताउनुभएको छ । प्रधानमन्त्री ओलीले ऐतिहासिक धरहरा देशकोे अतित, इतिहास र जनभावनासँग जोडिएको बताउनुभयो । धरहरा भाँचिदा हाम्रो मन भाँचिएको र इतिहास नै भाँचिएको जस्तो किन हुन्छ […]


सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने दुई लाख नाघे

अशोक घिमिरे / काठमाडौँ, वैशाख १० गते । ‘नयाँ युगको शुभारम्भ’का रुपमा सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा दुई लाख श्रमिक सूचीकृत भएका छन् । योजना कार्यान्वयनमा आएको झण्डै दुई वर्षको अवधिमा सामाजिक सुरक्षा कोषमा आजसम्म दुई लाख १२ योगदानकर्ता सूचीकृत भएका हुन् । कोषका अनुसार हालसम्म १३ हजार ७६५ रोजगारदाता आबद्ध भएका छन् […]


२६औं पटक सगरमाथाको आरोहण गर्ने तयारीमा कामिरिता

छेटु शेर्पा / काठमाडौं, वैशाख ९ गते । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले यस वर्ष २६ औ पटक आरोहण गर्ने हुनुभएको छ । सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथा (आठ हजार ८४८.८६ मिटर) को आरोहण गरेका शेर्पाले यो महिना पनि दुई पटक आरोहण गर्ने लक्ष्य लिनुभएको हो […]


आरटीपीसीआर परीक्षणमा दुई हजार २२० सङ्क्रमित, २८७ निको

काठमाडौं, बैशाख ८ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ८४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे सङ्ख्यामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल दश हजार ५८२ […]


सगरमाथा आरोहणको बाटो खुल्दै, चौथो क्याम्प पुग्यो टोली

छेटु शेर्पा / काठमाडौं, बैसाख ७ गते । सगरमाथा आरोहणका लागि निर्माण गरिएको बाटो सात हजार ८०० मिटरको चौथो क्याम्पसम्म पुगेको छ । विश्वकीर्तिमानी आरोहीगाइड कामीरीता शेर्पाको नेतृत्वमा १५ दिनदेखि बाटो निर्माण शुरु भएको थियो । बाटो निर्माण जिम्मा लिएका सेभेन समिट ट्रेक्सका निर्देशक टासिलाक्पा शेर्पाका अनुसार सोमबार चौथो क्याम्पसम्म पु¥याएको आधारशिविरबाट जानकारी दिनुभयो । […]


नेपालकाे मलेसियाविरूद्ध नाै विकेटकाे शानदार जीत

काठमाडौं, वैशाख ६ गते । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जीत हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नाै विकेटले हराएको हो । मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकसँगै […]


राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौँ, वैशाख ५ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताउनुभएको छ । सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताउनुभयो । “राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै […]


प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह

लक्की चाैधरी / काठमाडौं, वैशाख ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन, सांसद खाली भएको ठाउँमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको छ । बैठकबारे जानकारी दिनुहुँदै नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले रिक्त रहेको ठाउँमा संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन […]


तीन दिदीबहिनी सगरमाथा आरोहणमा

काठमाडौं, वैशाख २ गते । एकै परिवारका तीन दिदीबहिनी सगरमाथाको आरोहण गर्ने भएका छन् । ‘थ्री सिष्टर अन सेभेन समिट अभियान टोली’ को रेकर्ड बनाउने उद्देश्यले आरोहणको तयारीमा जुटेका तीन दिदीबहिनीलाई बिहीबार नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिदाइ गर्नुभएको छ । गौरीशंकर गाउँपालिका– ९ की एकै परिवारका निमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter