एक्सक्लुसिभ समाचार

कूटनीतिक माध्यमबाट अतिक्रमित भू-भाग फिर्ता लिन्छाैँ – प्रम ओली

काठमाडौँ, जेठ २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो सेना राखेर कब्जा गरेको बताउँदै सरकारले तिनलाई कूटनीतिक माध्यमबाट फिर्ता लिने स्पष्ट पार्नुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको आज […]


टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

काठमाडौँ, जेठ २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो । नेपालस्थित सङ्गठनका प्रतिनिधि डा सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा रुना झालाई आज यहाँ आयोजित कार्यक्रममा […]


भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ: मन्त्री अर्याल

काठमाडौँ, जेठ २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा उहाँले सिमानासम्बन्धी समस्या समाधान गर्न दुवै देशका प्राविधिक सम्मिलित संयुक्त सीमा कार्य समूहले काम गरिरहेको […]


आफूखुशी चार्टर उडान नगर्न क्यानको निर्देशन

काठमाडौँ, जेठ २५ गते । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो । शनिबार सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाएको हो । क्यानका एयर […]


कोरोनाबाट थप ३२३ सङ्क्रमित, कुल सङ्ख्या ३२३५ पुग्याे, थप दुई जनाको मृत्यु

काठमाडौँ, जेठ २४ गते । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो । देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, […]


युएईमा अलपत्र १ सय ६८ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)बाट एक जना शिशु सहित १ सय ६८ जना नेपाली काठमाडौं आइपुगेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन गरिएपछि युएईमै रोकिएका उनीहरुलाई एयर अरेबियाको जहाजबाट नेपाल ल्याइएको हो । उनीहरु शुक्रबार साँझ बजे काठमाडौं आइपुगेका हुन् । उक्त जहाजमा एक नेपालीको शव पनि ल्याइएको छ […]


कोरोनाबाट थप एकजनाको मृत्यु, एकैदिन तीन सय ३४ मा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौँ, जेठ २२ गते । नेपालमा आज थप तीन सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये थप एकजनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित […]


थप २०१ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २३०० पुग्यो ; २७८ जना डिस्चार्ज

काठमाडौँ, जेठ २१ गते । पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार तीन सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । पुरुष २१३० र एकसय ७० जना महिला सङ्क्रमित रहेका छन् । थप हुनेमा धनकुटा […]


थप २८८ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २०९९ पुग्यो

काठमाडौँ, जेठ २० गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् । नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । रौतहट ३८, स्याङ्जा ५, […]


थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८ सय नाघ्यो

काठमाडौँ, जेठ १९ गते । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter