
सरोज ढुंगेल / काठमाडौँ, भदौ २० गते । सिंगापुरमा महानगरभित्रको क्षेत्रमा डेङ्गु सार्ने लार्भा भेटियो भने दुइहजार सिंगापुर डलर जरिवाना हुन्छ । व्यक्तिको घरको कुनै स्थानमा डेङ्गुको लार्भा भेटिएको अवस्थामा दुइसय डलर जरिवाना हुन्छ । सिंगापुरले वर्षौअघिदेखि डेङ्गु नियन्त्रण गर्ने प्रयास गरीरहेको छ तर पनि सफल हुन सकेको छैन । विगतका वर्षहरुमा एक÷दुईसय व्यक्तिमा डेङ्गु […]

काठमाडौँ, भदौ १९ गते । नेपाल भारत पेट्रोलियम पाइपलाइनको औपचारिक उद्घाटन भदौ २४ गते मध्याह्न १२ः१५ बजे गरिँदै छ । नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्ना देशबाट रिमोटमार्फत पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल […]

गाईघाट, भदौ १८ गते । उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्ररुपमा शुरु गरेको छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट […]

काठमाडौँ, भदौ १६ गते । निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका […]

काठमाडौँ, भदौ १५ गते । आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सात घण्टा बन्द हुने भएको छ । विमानस्थल स्तरोन्नतीकरणको दोस्रो चरणअन्तर्गत निर्माणका लागि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म बन्द गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । पहिलो चरणमा विमानस्थलको धावनमार्गको स्तरोन्नति गरिएको थियो । त्यसको करिब ९५ प्रतिशत काम पूरा भएको […]

काठमाडौँ, भदौ १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वार्थ प्रेरित भई पत्रकारिता गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री बाँस्कोटाले विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले काउन्सिल विधेयक ल्याइएको बताउनुभयो । सैद्धान्तिक छलफलमा सांसद खिमलाल भट्टराईले प्रेस स्वतन्त्रतालाई […]

काठमाडौँ, भदो१२ गते ।अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले आर्थिक कूटनीतिलाई समेत केन्द्रमा राखेको र आफ्ना गतिविधिलाई सोही आधारमा केन्द्रीकृत गरेको जानकारी दिनुभयो । लगानी सम्मेलन जस्ता अन्तर्राष्ट्रियस्तरका सम्मेलनले […]

प्रकाश सिलवाल, काठमाडौँ, भदौ ११ गते । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्र्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय […]

काठमाडौँ, भदौ १० गते । सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफल बनाउन पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अध्यक्ष रहेको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको चौथो बैठकले चार महिनापछि शुरु हुने भ्रमण वर्षलाई सफल बनाई २० लाख पर्यटक भित्र्याउने […]

काठमाडौँ, भदौ ९ गते । ललितपुर महानगरपालिका–१८ भैँसेपाटीमा नेपाली मौलिक शैलीको सुविधासम्पन्न मन्त्री निवास निर्माण गरिने भएको छ । सो स्थानमा निवाससँगै, बहुउद्देश्यीय सभाहल, हेल्थ क्लब, पौडी पोखरी, हेलिप्याड, सामाजिक कार्यका लागि हल र सपिङ सेन्टरलगायतका सुविधासहितको मन्त्री निवास निर्माणका लागि ठेक्का सम्झौता भएको छ । पुल्चोकस्थित मन्त्री निवासका भवन साघुँरा र जीर्ण भएकाले नयाँ […]