काठमाडौं, चैत्र ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थ्यलाई उच्च प्रथमिकता दिएको बताउनु भएको छ शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट नै यस किसिमको महामारीबाट मुक्ति पाउन सकिने बताउनुभयो । प्रधानमन्त्री सम्बोधनका क्रममा सवारी चलाउनमा आवश्यकता अनुसार व्यबस्था गरिएको र सबै अन्तराष्ट्रिय उडान चैत्र ९ गतेबाट १८ […]
काठमाडौँ, चैत ६ गते । सरकारले कोभिड १९– को विश्वव्यापी सङ्क्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको छ । नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारवाही प्रारम्भ गरेको सरकारले आगामी चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशङ्काले चाहिने भन्दा बढी […]
सञ्चिता घिमिरे / काठमाडौँ, चैत ५ गते । गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौँ उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् । उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको छ । गत साता सोह्रखुट्टे–बालाजु सडकखण्डमा कालोपत्र थप्ने काम ९ओभरले० भएको थियो । गत साता नै ललितपुरको पुल्चोकलगायत स्थानमा आवधिक मर्मतको काम […]
रमेश लम्साल / काठमाडौँ, चैत ४ गते । संसार नै कोरोना भाइरसका कारण आतङ्कित भइरहेको बेला नेपालमा भने एकाध आयोजनाबाहेक निर्माण क्षेत्रमा खासै प्रभाव परेको छैन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा सोमबारदेखि पानी जम्मा गरेर परीक्षण थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माण ९९ दशमलव ३ प्रतिशतको हाराहारीमा पुगेको […]
काठमाडौँ, चैत ३ गते । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ ल्याउने टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माण कार्य मूलभूत काम सम्पन्न भएको जनाएको छ । सिएमसी कम्पनीले मेलम्ची आयोजनाको काम छोडेपछि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी निर्माण पुनः सञ्चालन गरेपछि बितेका पाँच महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनकरुपमा अगाडि बढिरहेको देखिएको […]
काठमाडौं, चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले केन्द्रीय तथा प्रदेशस्तरमा अनुगमन संयन्त्रहरू गठन गरी कोरोना भाइरसको संक्रमण फैलन नदिन काम गरिरहेको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न आयोजना गरिएको भिडियो कन्फरेन्समा उहाँले सो कुरा बताउनुभएको […]
रमेश लम्साल/अशोक घिमिरे / काठमाडौँ, चैत १ गते । कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैँ उपभोक्ताको रुपमा राजधानी काठमाडौँ र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत अनुगमनमा निस्कनुभएको छ । विपद्को […]
काठमाडौं, फागुन ३० गते । मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो । उहाँलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । १२ वर्ष अघि पप्रधानमन्त्रीको पहिलाे पटक मिर्गौला प्रत्यारोपण गरिएको […]
काठमाडौं, फागुन २९ गते । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ […]
काठमाडौँ, फागुन २८ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । महासचिव इसाला रुवान विराकुनसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी, थप सक्रिय, गतिशील र परिणाममुखी तुल्याउन महासचिवका प्रयासमा नेपाल सरकारबाट […]