
काठमाडौं, असार ३१ गते । देशको पहाडी तथा तराईका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । फलस्वरुप देशका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा तराईमा बहने नदीहरुमा जलको बहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीनदिन प्रमुख नदीहरूमा बहाव सामान्य रहने नेपाल बाढी सूचनाले जनाएको छ […]

राममणि दाहाल/मकवानपुर, असार ३० गते । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी सङ्कलन हुने स्थानीय खोलाहरूमा पानीको बहाव बढेर जलाशयको सहत बढेसँगै पानी घटाउन आयोजनालाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । पूर्ण क्षमतामा सञ्चालनमा आउँदा पहिलोबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत उत्पादन हुने गरेको छ । जलाशयमा सोमबार साँझसम्ममा १५ सय २६ दशमलव […]

काठमाडौं, असार २९ गते । केही दिनेखिको लगातारको वर्षा पछि आएको बाढी पहिरो तथा डुवानमा परी ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । नेपाल प्रहरीका अनुृसार अपरान्ह ४.३० बजे सम्म प्राप्त तथ्याङ्क अनुसार ३८ जना घाइते हुनेका साथै २६ जना वेपत्ता रहेका छन् । बाढी पहिरोमा घाइते भएकाहरूको उपचारको सम्पूर्ण व्यबस्था सरकारले गर्ने देशमा केही […]

काठमाडौं, असार २८ गते । विगत केही दिन देखिको वर्षाका कारण बाढी पहिरोमा परी शनिबार साँझ सम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा पाँच जना, भोजपुरमा चार जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा तीन÷तीन , धादिङ र सिन्धुलीमा दुई÷दुई जनाको मृत्यु भएको छ यस्तै पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, […]

नारायण अधिकारी, चितवन, असार, २७ गते । पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै आँखा दान गर्न इच्छा व्यक्त गर्नेको सङ्ख्या बढ्दै गएको छ । यससँगै मृत्युपछि आँखा दान गर्ने क्रम पनि बढेको छ । […]

काठमाडौँ, असार २५ गते । सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले […]

काठमाडौं, असार ५ गते । भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने सरकारी निर्णय असार ३० गते सम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरीम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको असार १८ गते को निर्णय कार्यान्वयन नगर्न र दुबै पक्षलाई असार ३० […]

काठमाडौँ, असार २४ गते । आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको कार्य सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित […]

खोटाङ, असार २३ गते । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प […]

तनहुँ, असार २२ गते ।तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोवास गर्ने बोटे समुदायका मानिसहरु पछिल्लो समय पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेती गर्न थालेका छन् । मादी र सेती नदीमा माछा मार्ने, ज्याला मजदूरी तथा ठूला नदीहरुमा गई बालुवा धोएर सुन निकाल्ने जस्ता पुख्र्यौली पेशा छाडेर बोटेहरु तरकारी खेतीमा लागेका हुन् । मादी […]