एक्सक्लुसिभ समाचार

विदेशमा बसेर गाउँ चम्काउँदै लोकप्रसाद

काठमाडौँ, कात्तिक ८ गते । विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको कमी छैन । स्नातकोत्तर गरेका थुप्रै युवा सामान्य कामका लागि पनि विदेशिएका छन् । नेपाल विपे्रषणले नै धानेको […]


त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु

बेत्रावती, कात्तिक ७ गते । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा सूर्यमतीबाट चतुराले हुँदै थानसिंहसम्मको खम्बा नं २४।१ देखि २९ नं सम्म ठेकेदार […]


आमा समूहको सक्रियतामा भवन निर्माण; पाँच हजार मिटर सडक ग्राभेल

दमौली, कात्तिक ६ गते । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा रु १० लाखको लागतमा भवन निर्माण गरिएको छ । नाचगान, वैदेशिक रोजगारीबाट गाउँ फर्किएका स्थानीय, वडा कार्यालयलगायत सङ्घसंस्थाको आर्थिक सहयोगमा महिलाले सामुदायिक भवन निर्माण गरेका हुन् । भवन निर्माणका लागि आमा समूहले नाचगान गरी सङ्कलन गरेको रु।तीन लाख, वडा कार्यालयको रु […]


क्यान्सर अस्पतालबाट उपचार सहज

बाँके, कात्तिक ४ गते । बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई उपचार सेवा र सुविधा दिइरहेको छ । भरतपुर क्यान्सर अस्पतालपछि सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापना भएको अस्पतालले आफ्नो सेवा शुरु गरेसँगै पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई चितवन र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पतालमा साबिकका […]


पूर्वराज्यमन्त्रीको शिक्षा मोह, ‘पदभन्दा सेवा महत्वपूर्ण’

बाँके, कात्तिक ३ गते । तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य रहनुभएका दलबहादुर सुनार वि.सं. २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर सभासद् बन्नुभयो । दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि सिंचाई राज्यमन्त्री बन्नुभएका सुनार त्यसपछि शिक्षा सेवामा लाग्नुभयो । सुनार हाल बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहनुभएको छ […]


वडादशैँको मौलिकता हराउँदै, देखावटी र देखासिकी बढ्दो

सिद्धराज भट्ट / धनगढी । नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै […]


आज महानवमी पर्व, जङ्गी निसानपूजा तथा कोतपूजा

काठमाडौँ– आज देशभर नेपालीहरूको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ […]


मधेशको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ

धनुषा, असोज ३० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।” मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र […]


श्रीपेच सर्वसाधारणका लागि खुला

काठमाडौँ, असोज २९ गते । नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि […]


प्रहरीको नयाँ अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’

काठमाडौँ, असोज २८ गते ।नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्न लागेको हो । आगामी कात्तिक ११ गतेदेखि देशैभर एकैसाथ उक्त कार्यक्रम लागू गर्ने गरी आवश्यक गृहकार्य भइरहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter