एक्सक्लुसिभ समाचार

सात सय स्थानीय तहमा बैंक वित्तीय संस्था

काठमाडौँ, माघ २३ गते । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा स्थापना भएका छन् । सरकारले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पु¥याउने योजनाअनुसार नै नेपाल राष्ट्र बैंकले शाखा स्थापना भए नभएको अनुगमनसमेत गरिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लाको लेकम गाउँपालिकामा […]


टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, माघ २१ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ । नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवालाई जनताको सहज पहुँचमा पु¥याई सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । “कम्पनी (टेलिकम) लाई जनताले […]


सुरक्षित प्रसूतिका लागि थारु महिलाको चासो; गर्भपतन सेवा लिनेमा किशोरी बढी

कञ्चनपुर, माघ २१ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभूलीका राना थारु समुदायका महिला सुृरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थालेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाले घरमै प्रसूति हँुदा हुने जोखिमबारे सचेत पार्न थालेपछि थारु महिला सुरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थालेका हुन् । विगतमा यस समुदायका थोरै मात्र महिला प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्ने गरेका थिए देखतभूली […]


अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

चितवन, माघ २० गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ निर्माणस्थल रामपुर पु¥याइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन […]


मधेसको विकासका लागि सरकारले काम अघि बढाएको छ : प्रम ओली

माघ १९, २०७५ प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताउनुभएको छ । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई आज सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइए पनि सरकारका कामले […]


मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले नागरिकमा उत्साह (आलेख)

रुपन्देही, माघ १८ गते । प्रदेश नं ५ का जिल्लाहरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू गरिएपछि नागरिकमा उत्साह छाएको छ । प्रदेशअन्तर्गतका १२ जिल्लाका ३४ गाउँपालिकामा गरीब तथा पिछडिएको क्षेत्रका नागरिकलाई लक्ष्य गरी मुख्यमन्त्री शंकर पोखरेलको अगुवाइमा ग्रामीण विकास कार्यक्रम शुरु गरिएको हो । कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १२ वटै जिल्लामा सहजकर्ता […]


जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट

जिरी, माघ १६ गते । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् । पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर […]


सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन शुरु

गाईघाट, माघ १५ गते । उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि स्थलगत अध्ययन र प्रतिवेदन तयारी गर्ने कार्य शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयको मेडिकल कलेज स्थापना अध्ययन समितिका संयोजक तथा प्राध्यापक मधुसुदन सुवेदीको नेतृत्वमा आएको टोलीले आइतबार र सोमबार यहाँ स्थलगत अध्ययन गरेको हो । टोलीले त्रियुगा नगरपालिका क्षेत्रको भातीखर्क, चाँप, […]


मेहनत र आत्मविश्वासले बनाइदियो महिलालाई प्याराग्लाइडर

चिप्लेढुंगा, माघ १३ गते । पोखरा लेकसाइडकी प्रतिभा भुजेल चरा जस्तै उडेका दृश्य देखेर मुग्ध हुन्थिन् र मनभरि त्यस्तै सपना देख्दै हुर्किइन् । त्यो सपना पूरा गर्न उनले कुनै कसूर बाँकी राखिनन् । निरन्तरको मेहनतले आफूलाई अन्ततः प्याराग्लाइडिङ्ग पाइलटका रुपमा स्थापित गर्न उनी सफल भइन् । यद्यपि, नेपाली समाजमा अझै पनि महिलाको आत्मविश्वास र क्षमतालाई […]


अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बन्ने; धुर्मुस र सुन्तली सद्भावनादूत

चितवन, माघ १३ गते । धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter