
हिमांशु चौधरी / जानकीधामका मठ–मन्दिर र तिनमा प्रतिस्थापित देवदेवीका मूर्तिहरूमा ऐतिहासिक कालखण्डको उत्थान एवं पतनका अनेकौँ तथ्य लुकेका छन् । जानकारहरूका अनुसार प्राचीन बेबिलोनियाको सभ्यताबारे सन् १८४५ मा संसारलाई त्यतिखेर जानकारी भयो, जतिखेर निनेबेहको उत्खननमा संयोगवश केही बेलायती पुरातत्वविद्हरूले असिरियाका राजा असुर बनिपालको पुस्तकालय फेला पारेका थिए । त्यसै उत्खननमा माटाका गोलचक्कीहरू पनि प्राप्त भएथे […]

काठमाडौं– सरकारले आगामी आर्थिक बर्ष २०६६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आर्थिक नीतिको कार्यान्वयनबाट उत्साहजनक परिणाम देखिएको भन्दै सरकारले पछिल्लो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि भएकाले दोहोरो अंकको आर्थिक वृद्धिको आधार तयार […]

काठमाडौँ, वैशाख १८ गते । गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मङ्गलबार समापनका अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “५० प्रतिशत मानिस घरभित्र छिरिसकेका छन्, ३० प्रतिशत घर बन्दैछन्, कतिपय विविध समस्या […]

सविता शर्मा / काठमाडौँ, वैशाख १७ गते । एकीकृत कार्यविधिसहित सरकारले चालू आर्थिक वर्षमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम प्रभावकारी बन्न सकेन । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन र बेरोगार युवालाई व्यवसायी बनाउने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जाको कार्यक्रम ल्याएको हो । चालु आर्थिक वर्षको सुरुमा नै गत भदौ २१ गते मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि […]

काठमाडौँ, वैशाख १६ गते । नेपालको संविधानले महिला र पुरुषलाई समान हैसियत प्रदान गरेको छ । जनसङ्ख्याका आधारमा हेर्ने हो भने पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या नै बढी रहेको छ । तर तलब तथा ज्यालामा भने महिला र पुरुषको बीचमा ठूलो खाडल रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको ‘ नेपाल श्रमशक्ति […]

काठमाडौँ, वैशाख १५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निर्माण भएकाले नेपालका अद्वितीय तथा बृहत् क्षेत्रहरूमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको जारी चीन भ्रमणमा भ्रमण दलका सदस्य रहनुभएका ढकालले आज बेइजिङमा नेपाली र चिनियाँ व्यापारिक समुदायका प्रतिनिधिहरूको अन्तरक्रियालाई सम्बोधन गर्दै भन्नुभयो, “नेपालमा लगानीको […]

काठमाडौँ, वैशाख १४ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कब्जा र अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अधिकार सम्पन्न शक्तिशाली छानबिन आयोग गठनको तयारी भइरहेको बताउनुभएको छ । रिपोर्टस् क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “मुलुकभर जहाँ जहाँ सरकारी र सार्वजनिक जग्गा कब्जा भएका छन् त्यो सबै […]

बेइजिङ, वैशाख १३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताउनुभयो । […]

काठमाडौँ, वैशाख १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पदालाई पुरानै स्वरुपमा पुनःनिर्माण गरी संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । चौथो भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले प्रतिरोधी संरचना बनाउनुपर्नेमा जोड दिनुभयो । भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणकै लागि […]

काभ्रेपलाञ्चोक, ११ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताउनुभएको छ । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२ कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशीले माग गर्ने गरी विज्ञ, चिकित्सक, इञ्जिनीयर र शिक्षक तयार पार्नेतर्फ लाग्ने बताउनुभयो […]