एक्सक्लुसिभ समाचार

खुट्टा पाएपछि फुरुङ्ग

काठमाडौँ, माघ २ गते । वीरगञ्ज महानगरपालिका– २१ बेलुवाकी छ वर्षीया रियाकुमारी कुसवाहलाई तीन वर्षको उमेरमा घर नजिकै बसले ठक्कर दियो । स्थानीय अस्पताल, बिएण्डबी हुँदै काठमाडौँको शिक्षण अस्पतालमा उहाँको उपचार गर्दा झण्डै एक लाख खर्च लाग्यो । चिकित्सकको कयौँ प्रयास सफल हुन नसक्दा अन्ततः खुट्टा गुमाएकी रियाकुमारी अहिले पहिले झैँ ठमठम हिँड्न सक्नुहुन्छ । […]


क्रिकेट खेलाडी पनि वन्यजन्तु संरक्षणमा

काठमाडौँ, माघ १ गते । “गैँडाको मुख्य खाना घाँस हो, फलफूल गेडागुडी स्याउला पनि खान्छ, चिडियाखानामा पुरै घाँसले पु¥याउन सकिँदैन, केरा, स्याउ, बन्दा, चना, पिठोलगायत १०÷१२ प्रकारका खानेकुरा दिनमा पाँच÷छ पटक खुवाइन्छ ।” नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको जिज्ञासामा सदर चिडियाखानाका सहायक क्यूरेटर (प्राविधिक) गणेश कोइरालाले उक्त व्याख्या गर्नुभयो । एकै छिनमा खुट्टा […]


वैशाखदेखि पेट्रोलियम पाइपलाइन सञ्चालनमा आउने

वीरगञ्ज, पुस ३० गते । दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ । सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म […]


तीन विधेयक पारित

काठमाडौँ, पुस २९ गते । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ । आजको बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, निवृत्तिभरणकोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५ रहेका छन् । बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय […]


जनताको बीचमा आशा जगाउने सन्देश प्रवाह गर्नुहोस् ः उपप्रम पोखरेल

भरतपुर, पुस २८ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ंजनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभएको छ । पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र त्यसले जनतामा अन्योलता सिर्जना गरेको बताउनुभयो । “सञ्चार माध्यमले नकारात्मक […]


रोजगार सेवा केन्द्र स्थापनाको तयारी

पाल्पा, पुस २७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरीब युवालाई रोजगारभत्ता दिन सरकारले प्रक्रिया अघि बढाएको बताउनुभएको छ । पाल्पाको रामपुरमा आज दोस्रो रामपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले मुलुकका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र सरकारले स्थापना गर्न लागेको बताउनुभयो । मन्त्री विष्टले आगामी असारभित्रमा ज्येष्ठ नागरिक, एकल महिलालाई […]


छोरी जन्मँदा गाउँपालिकाले बैंक खाता खोल्ने

चितवन, पुस २६ गते । इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ । […]


चिकित्सा शिक्षा विधेयक समितिद्वारा पारित; इलामबाट गोविन्द केसीको १६औँ अनशन सुरु

काठमाडौँ, पुस २५ गते । त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले आफ्नो १६औँ अनशन सुरु गरेका छन् । चिकित्सा क्षेत्र सुधारका लागि विभिन्न माग राखी उनी अनसनमा बसेका हुन् । डा. केसी प्रदेश १ को इलाममा पुगेर बुधबार अपरान्ह पाँच बजेबाट अनशन सुरु गरेका छन् । यता उनको महत्वपूर्ण मागको रुपमा रहेको चिकित्सा शिक्षा […]


व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने

काठमाडौँ, पुस २४ गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपछिको निजी आवास […]


किबी खेतीबाट पन्ध्र लाख आम्दानी

बनेपा, पुस २३ गते । कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहनुभएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का पाण्डेले धुलिखेल नगरपालिका–११ फस्कोटमा किबीखती गर्दै आउनुभएको छ । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter