एक्सक्लुसिभ समाचार

दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण

काठमाडौँ, कात्तिक २९ गते । दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो । अहिले केन्द्र सरकारले निर्माण गर्न लागिएको दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान […]


सामाजिक सुरक्षा नियमावली स्वीकृत

काठमाडौँ, कात्तिक २८ गते । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक २५ गतेको बैठकले श्रमिकको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाउन गत वर्ष नै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी गरेको थियो ।सोही ऐनको दफा ६९ बमोजिम बैठकले उक्त नियमावली […]


छठ पर्व धूमधामका साथ मनाइयो; राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा पुजा अर्चना

काठमाडौं, कात्तिक २७ गते । मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व छठ मधेसमा मात्रै नभई काठमाडौंमा पनि आज धूमधामका साथ मनाइएको छ । पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ । गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट […]


मानवीय कारणले हुने क्षति न्यूनीकरणमा सतर्कता गृहमन्त्री थापा

म्याग्दी, कात्तिक २६ गते । गृहमन्त्री रामबहादुर थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने उल्लेख गर्नुभयो । उहाँले जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले […]


सहुलियतपूर्ण ऋण दिने व्यवस्था मिलाउन आग्रह

काठमाडौँ, कात्तिक २५ गते । नेपाल राष्ट्र बैङ्कले ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार सहुलियतपूर्ण ऋण उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बैङ्कले आज सूचनामार्फत बैङ्क तथा वित्तीय संस्थालाई कार्यविधि बमोजिम योग्य र इच्छुक नागरिकले आफ्नो अनुकूल शीर्षकमा कर्जा दिन तथा व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्न आग्रह गरेको […]


विदेशको विकल्पमा व्यावसायिक कृषि फार्म; नेपालकै पहिलो हरित होटल

म्याग्दी, कात्तिक २४ गते । म्याग्दीका एक युवा वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक कृषि फार्म सञ्चालन गरेर स्वरोजगार बनेका छन् । बेनपा–६ जरबुटाका ३५ वर्षीय नारायण जिसीले तरकारीखेती, भैँसी र कुखुरापालन गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । जिसीले रु पाँच लाखको लगानीमा स्थापना गरेको फार्ममा हाल चार वटा भैँसी पाल्नुभएको छ । चार रोपनी […]


भाइटीका लगाइयो; दाजुभाइ तथा दिदीबहिनी नहुनेले रानी पोखरी पुगेर लगाए भाइटीका

काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर मनाइएको छ । सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भए पनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको […]


शङ्खधर साख्वा न्याय र समानताका अभियान्ता होः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक,राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन्। नेपाल संवत् ११३९को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएको हो । प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानका […]


धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै; महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती

ललितपुर, कात्तिक २१ गते । यमपञ्चकको तेस्रो दिन बुधवार धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको वास हुँदैन भन्ने मान्यता अनुरुप यो दिन भकारी, धनसार, अट्टालिका, बुइँगल, कोठाचोटा, आँगन सबै स्थान सफा र उज्यालो गरी दीपावलीसाथ लक्ष्मीको आराधना गर्ने प्रचलन छ । पात्रो अनुसार गाई र गोरुपूजा […]


अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च : मन्त्री ज्ञवाली

काठमाडौँ, कात्तिक २० गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च भएको बताउनुभएको छ । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका– २८ कमिटीले आज अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter