
काठमाडौँ, असोज ६ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताउनुभएको छ । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको […]

काठमाडौँ, ५ असोज । मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा रहेका यातायात मजदूर र सरकारबीच आठबुँदे सहमति भएको छ । सहमतिसँगै बन्द यातायात आजदैखि सञ्चालनमा आउने वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको वार्तामा नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक […]

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरलेलाई नियुक्त गरेकी छन् । बिहिबार संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले घिमिरेलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरेकी हुन् । घिमिरे संविधानको धारा २३८ को उपधारा (२) बमोजिम प्रमुख आयुक्त पदमा नियुक्त भएका हुन् । त्यसअघि घिमिरेलाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको शपथ गराएका […]

काठमाडौ, असोेज ३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीलाई मातृशिशुको क्षेत्रमा योगदान पु¥याएको भन्दै अमेरिकाको हर्भड विश्वविद्यालयले ‘ग्लोबल म्याटरनल भिजनरी अवार्ड’ प्रदान गरेको छ । अमेरिकाको बोस्टनमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सचिव डा. चौधरीलाई सो अवार्ड प्रदान गरिएको हो । म्याटरनल हेल्थ सिम्पोजियम कार्यक्रममा डा चौधरीसहित १० जनालाई ग्लोबल म्याटरनल भिजनरी […]

काठमाडौँ, असोज २ गते । नेपालको वर्तमान संविधान विश्वमै सफलताको उदाहरण दिने गरिएको नेपालको शान्ति प्रक्रियाको उपज हो । सशस्त्र विद्रोह गरेको एउटा राजनीतिक शक्ति हतियार बिसाएर शान्ति प्रक्रियामा आई आफैले संविधान निर्माण गरेको उदाहरण संयुक्त राष्ट्रसंघसँग पनि विरलै होलान् । करीब दश वर्षसम्म सशस्त्र विद्रोह गरेको तत्कालीन नेकपा माओवादी शक्ति मुलुकका अरु प्रजातान्त्रिक दलहरुको […]

पोखरा, असोज १ गते । एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था गरिएको छ । विसं २००७ मा राणाशासनको अन्त्यपछि घोषणा […]

काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकोसातौँ विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेमा शिक्षामा एक वर्षभित्र गुणात्मक परिवर्तन हुने बताउनुभयो । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका […]

काठमाडौँ, भदौ ३० गते । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजनाको अवस्था असाध्यै नाजुक रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालीगण्डकी करिडोरको काम असाध्यै न्यून रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विभिन्न मन्त्रालयले पेश गरेको आफ्ना निकाय […]

लाङकावी, मलेसिया, भदौं २९ गते । ‘वाह नेचुरली नेपाल सच अ बिउटी अफ पाराडाइज एण्ड डाइभसिर्टी’ नेपालका सामुदायिक ‘होमस्टे’ घरबास कार्यक्रमबारे उत्सुकतापूर्वक जानकारी लिँदै थिए । संयुक्त अरब इमिरेट्सका कुमार सुबरमनिअम दक्षिण कोरियाका ब्रायन किमलाई चाँही नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी विमान चढेर नेपाल घम्न जाने रहर रहेछ । आफ्नो देशबाट […]

वालिङ, भदौ २८ गते । स्याङ्जाको वालिङ चार एलादीमा रहेका दुई झरनालाई छाँगावरोहण (क्यानोनिङ) पाठशालाका रुपमा विकास गरिने भएको छ । स्थानीय सुन्तलाबारी क्यानोनिङ सञ्चालन समितिमार्फत यहाँका खाल्टेखोला झरना र वसन्ती रह झरनालाई छाँगावरोहण पाठशालाका रुपमा सञ्चालन गर्न लागिएको सो समितिका अध्यक्ष मोहन खनालले बताउनुभयो । पर्वतारोहण, पदयात्रा, जलयात्रा, पाराग्लाइडिङगायतका साहसिक पर्यटकीय गतिविधि सँगसँगै नयाँ […]