एक्सक्लुसिभ समाचार

दश वर्षमा पन्ध्र हजार मेगावाट विद्युत् उत्पादन गरिन्छ : ऊर्जामन्त्री पुन

ओखलढुङ्गा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् । ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को आज उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको दावी गरे । ‘अबको दश वर्षमा १५ हजार मेघावाट विद्युत् उत्पादन गरेर विद्युत्मा […]


पशुपतिमा ६८ करोड भेटि

सरोज आचार्य / काठमाडौँ, असोज २६ गते । पशुपतिनाथलाई पछिल्लो सात वर्षमा ६८ करोड २० लाख रुपियाँ भेटी प्राप्त भएको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटिका आधारमा यो तथ्य सार्वजनिक गरेको हो । पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपियाँको […]


सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने

काठमाडौँ, असोज २५ गते । सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् । ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाआँै’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम […]


घर छैन, कहाँ मान्ने दशैँ ?

बागलुङ, असोज २४ गते । यसपालि बसिमाया परियारलाई दशैँ दशा बनेर आएको छ । गएको वर्षायाममा घरबास गुमाउनुभएकी ५२ वर्षीया परियारलाई एउटै कुराको पिरलो छ, दशैँ कहाँ मान्ने रु दुुःखी हुँदै उहाँले भन्नुभयो, “छोरी, ज्वाइँ आउँछन् कहाँ राख्ने, के खुवाउने रु” चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उहाँ मात्र एक्लो हुनुहुन्न । काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका […]


आज घटस्थापना; दशै मनाउन उपत्यकाबाट १० लाख बाहिरिए

काठमाडौँ, असोज २४ गते । बडादशैँको सुरु दिन बुधवार सर्वसाधारणले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भूइँलाई गाइको गोवरले लिपेर चोखो पारी चोखो वालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी भिँगुट, टपरी, माटो वा तामाको भाँडामा गोवर टाँसेर जौ र गहुँ मिसाएर जमरा राखिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार […]


कर्णाली विकासमा सहयोग गर्न विकास साझेदार प्रतिबद्ध

सुर्खेत, असोज २३ गते । कर्णालीको विकासमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय विकास साझेदार निकायले औपचारिक प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आज पत्रकार सम्मेलन गरी प्रदेश सरकारको विकास साझेदार निकाय युरोपियन युनियन, विश्व बैंक, डिएफआइडी र युएनडिपीसँगको बैठकबाट यहाँको विकासमा सहयोग हुने औपचारिक प्रतिबद्धता प्राप्त भएको जनाउनुभयो […]


किसान पेन्सन कार्यक्रमको कार्यविधि तय

काठमाडौँ, असोज २२ गते । राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ लाई कार्यान्वयन गर्न आयोगले कार्यक्रमको कार्यविधि तयार गरेको हो । कार्यविधिभित्र मुख्यरुपमा […]


पत्रकारको न्यूनतम परिश्रमिक २५ प्रतिशत वृद्धि, गोरखापत्रको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारी नियुक्त

काठमाडौँ, असोज २१ गते । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो । आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो […]


आत्मरक्षाका लागि जुट्दै महिला

धनगढी, असोज २० गते । धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका थिए । राष्ट्रिय गोजोरियो कराँते दो सङ्घको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम राखिएपछि कवर्ड हल मैदानमा किशोरी र महिला ओइरिएका हुन् । ‘रातो टि सट‘को पहिरनमा किशोरी र महिला […]


भ्रष्टाचार मुद्दामा सांसद रौनियार निलम्बनमा;  भ्रष्टाचारीलाई छोडिन्न, आयोजनाको काम रोकिन्न – आयोग

  काठमाडौँ, असोज १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि संघीय समाजवादी फोरमका सांसद हरिनारायण प्रसाद साह रौनियारको सांसद पद स्वतः निलम्बनमा परेको छ । शुक्रबार अख्तियारले विशेष अदालतमा पम्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष रौनियारसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा अदालतमा दायर भएमा सांसदको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter