एक्सक्लुसिभ समाचार

छ महीनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य

काठमाडौँ, असोज १८ गते ।निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको रनवेको अहिले कालोपत्र गर्ने काम भइरहेको छ । करीब चार महीनाभित्र कालोपत्र सकेपछि नयाँ रनवेबाट विमान उडाउन सकिने आयोजनाले जनाएको छ । […]


मौरीपालेर वार्षिक पाँच लाख आम्दानी

गोरखा, असोज १७ गते । गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आउनु भएको हो । स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घर बेच्न थाल्नुभएको करीब नौ वर्ष भइसकेको छ । […]


शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

सान होजे, असोज १६ गते । युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । यहाँ आज आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति […]


पुनः निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता

काठमाडौँ, असोज १५ गते । अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनः निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्रसङ्घ भवनमा आयोजित पुनः निर्माण सम्बन्धी कार्यक्रममा भाग लिएर स्वदेश फर्कनु भएका राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो । चुनौती र जटिलताबीच पुनः निर्माण र पुनः […]


बेरोजगार युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाइने

काठमाडौँ, असोज १४ गते । सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा […]


सार्कमा विवाद छैन – परराष्ट्रमन्त्री ज्ञवाली

न्यूयोर्क, असोज १३ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिन न्यूयोर्क आउनुभएका पराष्ट्रमन्त्री ज्ञवालीले यस महासभाको समाचार सङ्कलन […]


खानेपानी जडानमा उपभोक्ता समितिका पदाधिकारीको गैरकानूनी अवरोध कायमै

काठमाडौं । असोज ११ उपत्यकामा पानी वितरणको क्षेत्रमा बदमासीका घटनाहरु सार्वजनिक भएपछि सरकारले विघटन गरेको खानेपानी उपभोक्ता समितिहरु अझै कतिपय स्थानमा सक्रिय रहेको भेटिएको छ । सरकारले यस्ता समितिले जडान गरेका पाइपलाइनमा समेत खानेपानीको धारा जडान गर्न समितिको सिफारीस आवस्यक नपर्ने निर्णय गरेपनि काठमाडौं उपत्यकामा अझै यस्तो उपभोक्ता समिति पुरानै रुपमा सक्रिय रहँदै आएका छन् […]


समृद्धि र सभ्यताको आधार पर्यटनः अध्यक्ष प्रचण्ड

काठमाडौँ, असोज १० गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सरकारको कामको गम्भीर समीक्षा गरी थप प्रभावकारी बनाउन लागिपरेको उल्लेख गर्नुभयो । “धेरै ठूलो मेहनत र […]


व्यवहारमै यातायात एकाधिकार तोड्न माग;  पश्चिम सेती र बूढीगण्डकी निर्माण गर्न ध्यानाकर्षण

  काठमाडौँ, असोज ९ गते । कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद गौरीशङ्कर चौधरीले अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रुप दशैँको अग्रिम टिकट बुकिङका बेला छर्लङ्ग भएको बताउनुभयो । टिकट बुकिङकै दिन सकियो भनी पछि महँगोमा बेच्ने […]


सामूहिक खेतीबाट पर्यटन प्रवद्र्धन गर्दै सरकार

काठमाडौँ, असोज ८ गते । सरकारले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ मुलुकको केही स्थानमा नमूना परियोजना अगाडि बढाएको छ । आर्थिक विकास र सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्प पूरा गर्न पनि कृषि र पर्यटनलाई परिपूरकको रुपमा अगाडि बढाउन ती परियोजना अगाडि बढाइएको हो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter