एक्सक्लुसिभ समाचार

विकास गाउँमा मान्छे सहरतिर

बाबुराम शर्मा / दोलखा, जेठ १२ गते । गत २०७२ को भूकम्पले क्षति भएका कालिञ्चोक गाउँपालिका–४, हिलेपानीको बाहुनगाउँ बस्ती पुनर्निर्माण भएर भूकम्प प्रतिरोधी घर त बने तर यहाँका अधिकांशका अहिले घर वरपर सिस्नो उम्रेको छ । घरमा सिस्नु उम्रिनु राम्रो मानिन्न । यहाँ पुनर्निर्माणबाट ३६ घर बनेका छन् तर २१ घर खाली छन् । खाली […]


आवेदन दिने सबैलाई सीप सिकाउँदै कामपा

काठमाडौँ, जेठ ११ गते । गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ । कामपाले २०८१ को शुभारम्भसँगै दुई हजार ८१ जनालाई सीपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य लिएको थियो । तोकिएको सङ्ख्याभन्दा […]


कूटनीतिक सीप र दक्ष जनशक्ति आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ, जेठ १० गते। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तित विश्व प्रविधिको तीव्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्नसक्ने कूटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता भएको बताउनुभएको छ। बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो। उहाँले परिवर्तित विश्वमा भएको प्रविधि र तीव्र विकासबाट उत्पन्न […]


बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब, कुन प्रदेशको कति?

काठमाडौं, जेठ ९ चालु आर्थिक वर्षमा बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब बढी पुग्ने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेश अनुसार चालु वर्षको लेखा अनुमान सार्वजनिक गर्दै बागमती प्रदेशले मात्रै नेपालको कुल अर्थतन्त्रमा ३६ प्रतिशत बढी योगदान गर्ने अनुमान गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको […]


कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यालयबाटै प्रहरीको नियन्त्रणमा; अध्यक्ष सिरोहिया पक्राउ प्रतिशोधपूर्ण : पत्रकार महासंघ

काठमाडौँ, जेठ ८ गते। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार साँझ कान्तिपुरको कार्यालय थापाथली पुगेर अध्यक्ष सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे सोधपुछ गर्न सिरोहियालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नुअघि अध्यक्ष सिरोहियाले विज्ञप्ति सार्वजनिक […]


विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ मत

काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शून्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) बमोजिम विश्वासको मत लिनुभएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको होहल्ला […]


न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेँ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ, जेठ ६ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी गठीको आरोप लगाएपछि न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताउनुभएको छ। महान्यायाधिवक्ताको कार्यालय दुरुपयोग गरेर सहकारी ठगी प्रकरणमा बच्न खोजेको आरोप लागिरहेका बेला सो स्पष्टीकरण दिनुभएको हो। आइतबार प्रतिनिधिसभा बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री लामिछानेले महान्यायाधिवक्ताको कार्यालयले आफूलाई निर्दोष नै देखेर […]


सहकारी प्रकरणमा संसदीय समिति बनाउने शीर्ष नेताविच सहमति

काठमाडौं / जेठ ५ गते। शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ। शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो। नेपाली काँग्रेसले सहकारी ठगी […]


वैदेशिक व्यापारमा गिरावट, रेमिट्यान्स भने १९.८ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर रु.१० खर्ब ८२ अर्ब ६२ करोड पुगेको जानकारी गराएको हो । यस्तै चालु आर्थिक वर्षको नौ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही […]


न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का नियुक्त; नीति अनुसन्धान प्रतिष्ठान अध्यक्षमा लेखनाथ शर्मा नियुक्त

काठमाडौँ, जेठ ३ गते । न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त रहेको अध्यक्ष पदमा संगीता खड्का नियुक्त भएकी छन्। मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले खड्कालाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter