एक्सक्लुसिभ समाचार

मातृशिशु मितेरी अस्पताल भगिनी सम्बन्धको प्रतीक– राष्ट्रपति भण्डारी

पोखरा, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मातृशिशु मितेरी अस्पताल पोखरा र जापानको कोमागाने सहरीबीच भएको भगिनी सम्बन्धको प्रतीक भएको बताउनुभएको छ । पोखरा उपमहानगरपालिकाको बाटुलेचौरमा सञ्चालन भएको २५ श्ययाको जिल्लास्तरको मातृशिशु मितेरी अस्पतालको यहाँ आज उद्घाटन गर्दै उहाँले अस्पतालले महिला, बालबालिका र गर्भावस्थामा रहेका शिशुको उपचारमा अत्यावश्यक सेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति […]


जारका पानी पिउन योग्य छैनन् : स्वास्थ्य सेवा विभाग

काठमाडौँ ११ असोज । ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका छन् । बोतल तथा जार एसोसिएसनका अध्यक्ष सुवास भण्डारीका अनुसार अहिले काठमाडौँ उपत्यकाभित्र एक लाख २० हजार जार […]


सन्दर्भः विश्व पर्यटन दिवस, पर्यटन दिवस ‘कर्मकाण्डी’ नबनोस्

सिबी अधिकारी / काठमाडौँ, १० असोज । विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । नेपाललाई अन्तर्राष्ट्रियजगत्मा प्रवद्र्धन गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ, तर नेपालमा यो दिवसलाई केवल ‘कर्मकाण्डी’ का रुपमा औपचारिकता मात्र निभाइँदै आएको छ । विश्व पर्यटन दिवस पर्यटन क्षेत्रको महत्वपूर्ण पर्व भए पनि यसलाई औपचारिकतामा मात्रै सीमित राख्दा पर्यटनको […]


हिंसा पीडित महिलाको आँशु पुच्छन तल्लीन कोपिला (आलेख)

चन्द्रकला भण्डारी / झापा, ९ असोज । सादा जीवन उच्च विचारकी धनी कोपिला बस्नेत गत साता जर्मनीमा सम्मानित भइन् । घरेलु हिंसामा परेका महिलाहरूको सहारा बनेकी कोपिलालाई संयुक्त राज्य अमेरिकाको फिमोफन्ड संस्थाले १० लाख रुपैयाँ नगदसहित जर्मनीमा पुरस्कृत गरेको हो । ‘पुरस्कार पाउँदा सपना जस्तो लागिरहेको थियो,’ विर्तामोड–७ की कोपिला बस्नेतले त्यो क्षणको अनुभव सुनाइन् […]


बडादसैँको साइत सार्वजनिक, असोज २५ गते ८ः४५ बजे टीका थाप्नु शुभ

काठमाडौँ, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज १५ गते शनिबारबाट नवरात्र अर्थात् दसैँ सुरु हुँदैछ । सो दिन बिहान ८ः३५ बजे घटस्थापनाको साइत राम्रो रहको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । असोज १६ गते आइतबार बिहान ८ः३७ बजे पूर्व फर्केर […]


सडकमै सुतेर प्रदूषणको विरोध

पर्सा, ७ असोज । पर्यावरण संरक्षणको माग गर्दै प्रकृतिप्रेमी र विद्यालयका छात्रछात्राले सडकमै सुतेर विरोध जनाएका छन् ।  प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा आज बिहान पर्यावरण संरक्षणको माग गर्दै वीरगन्जको इनर्वास्थित भन्सार कार्यालय अगाडिको मूल सडकमै सुतेर विद्यार्थी तथा प्रकृतिप्रेमीले विरोध जनाएका हुन् । प्रतिष्ठानको अगुवाइमा भन्सार कार्यालय क्षेत्रमा भेला भएका सर्वसाधारण तथा प्रतिष्ठानका सदस्य […]


सैलुनबाट मासिक एक लाख कमाइ

चितवन, ६ असोज । खाडी मुलुक कतारमा दुई वर्षसम्म मेसिन हेल्परका रुपमा काम गर्दा अत्तालिएर स्वदेश फर्किएका एक युवाले यहाँ सैलुन खोलेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । भरतपुरको चौबीसकोठीमा मासिक रु २५ हजार भाडा तिर्ने गरी पपुलर जेन्स पार्लर खोलेका पार्वतीपुरका २९ वर्षीय श्रीराम सिग्देल खाडी मुलुकमा भौँतारिनेहरुका लागि उदाहरणीय बन्नुभएको […]


संविधानमाथि राजनीति धेरै भयोः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, ५ असोज । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानमाथि नै धेरै राजनीति भएका कारण पूर्ण कार्यान्वयनले गति लिन नसकेको टिप्पणी गर्नुभएको छ । नेपाल कानुन समाजले आज ललितपुरमा आयोजना गरेको ‘संविधान जारी भएको एक वर्षका प्रतिबिम्ब’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब संविधानले राजनीतिलाई सुसंस्कृत तुल्याउनुपर्छ, कानुन मान्ने संस्कृतिको विकास गर्न आवश्यक छ । […]


दैवले धोका दिएपछि पढ्ने उमेरमा भाँडा माझ्दै बालबालिका

हेमन्त केसी / जाजरकोट, ४ असोज । यहाँको दुर्गम गाउँका बालबालिका आमाले दोस्रो विवाह गर्दा र बाबुको मृत्यु भएपछि बिचल्लीमा परेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सीमा गाविस–३, तागागाउँका झन्डै आधादर्जन बालबालिका यस्तो समस्यामा परेका हुन् । अधिकांशका बाबु गरिबीका कारण कमाइ गर्न देश बाहिर गएका बेला कठोर परिश्रम गर्दा मृत्यु भएको पाइएको छ […]


राष्ट्रिय पर्वका रुपमा संविधान दिवस मनाइँदै; संविधान दिवसको विशेष कार्यक्रममा राष्ट्रपति सरिक

काठमाडौँ, ३ असोज । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter