
काठमाडौँ, २३ असोज । दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ । उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस विभिन्न गन्तव्यमा गएका छन् जसका कारण उपत्यकाका मुख्य बजार, सडक चोकका पसल बन्द छन् । सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडेका छन् । मानिसको चहलपहल पनि न्यून छ । […]

काठमाडौँ, २२ असोज । बडादसैँको नवरथाको सप्तमीका दिन हनुमानढोका दरबारस्थित दसैँघरमा यस वर्षका लागि आज फूलपाती भित्र्याइएको छ । सरकारी कर्मचारी, हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा विभिन्न सांस्कृतिक बाजागाजा, सुरक्षाकर्मीको लावा लस्करसहित जमलबाट फूलपाती हनुमानढोका ल्याइएको हो । प्रत्येक वर्ष फूलपातीका दिन राजकीय सम्मानका साथ फूलपाती भित्र्याइने परम्पराअनुसार सो अवसरमा गुर्जुको पल्टनले तोप पड्काएको […]

नारायण अधिकारी / चितवन, २० असोज । मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला ? मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा ध्यान पु¥याउन चिकित्सकहरुले सुझाव दिएका छन् । क्यान्सर लाग्ने मुख्य तत्व कार्सिनोजेनिक यस्ता मासुबाट उत्पादन भई दीर्घकालीन […]

कृष्ण दर्नाल / पाल्पा, १८ असोज । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षेत्रको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । ‘पाल्पा दरबार सङ्ग्रहालय’ मा सङ्ग्रहणीय सामग्री नभएपछि दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटकले अवलोकन गर्दै आएको पाल्पा दरबारमा सङ्ग्रहालयका […]

सिबी अधिकारी / काठमाडौँ, १७ असोज । अनुकुल वातावरणले यतिखेर नेपालमा पर्यटकको चहलपहल बढेको छ । पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पनि यो समय विदेशी तथा आन्तरिक पर्यटक पनि घुमफिरमा निक्लिएका छन् । सफा र सुन्दर मौसम भएकाले हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिनका लागि विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । पर्यटकीय मौसमसँगै […]

काठमाडौँ, १६ असोज । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आजदेखिसेवा विस्तार गरेको छ । दश वर्षपछि पहिलो पटक आजदेखि साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको हो । दसँैमा घर जाने यात्रु बोकेर पहिलो पटक साझा बाग्लुङ र गोरखाका लागि छुटिसकेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी […]

सिबी अधिकारी / काठमाडौँ, १५ असोज । नेपाली पर्यटनको मुख्य आधार हिमाल आरोहण हो । जसले नेपालको पहिचानलाई विश्वसामु प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सर्वोच्च शिखर सगरमाथा सहित विश्वका ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् । सन् १९५३ मे २९ मा पहिलो पटक नेपाली तेन्जिन नोर्गे शेर्पा र विदेशी न्यूजील्याण्डका […]

काठमाडौँ, १४ असोज । व्यवस्थापिका – संसद्को बैठकमा “सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । विसं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न नयाँ विधेयक आएको हो । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सदनको आजको बैठकमा सो प्रस्तावलाई सदन समक्ष प्रस्तुत गर्नुभएको थियो । सो विधेयकको सैद्धान्तिक […]

बैतडी, १३ असोज । गुरुखोला गाविस–८ सतबाँझका महिला व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । तरकारीबाट फाइदा हुने भएकाले उनीहरु महिला कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । परम्परागत रुपमा लगाइने धान, मकै, गहुँलगायत बालीबाट खासै उत्पादन लिन नसकेपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका […]

पोखरा, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले मातृशिशु मितेरी अस्पताल पोखरा र जापानको कोमागाने सहरीबीच भएको भगिनी सम्बन्धको प्रतीक भएको बताउनुभएको छ । पोखरा उपमहानगरपालिकाको बाटुलेचौरमा सञ्चालन भएको २५ श्ययाको जिल्लास्तरको मातृशिशु मितेरी अस्पतालको यहाँ आज उद्घाटन गर्दै उहाँले अस्पतालले महिला, बालबालिका र गर्भावस्थामा रहेका शिशुको उपचारमा अत्यावश्यक सेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति […]