
कावासोती, ९ वैशाख । विदेशमा गएर फर्केकाले घर आएपछि के गर्लान् भन्दा धेरैको जवाफ आउछ ? घरघडेरी जोड्ने, सुखसँग जिन्दगी बिताउने । तर योभन्दा भिन्न छन् इजरायलमा ११ महिना काम गरेर फर्केका कुमारवर्ती–६ गोछडाचोकका दामोदर लामिछाने । साना किसान सहकारी संस्थामार्फत कृषिका लागि इजरायल गएका यी ३१ वर्षीय युवा घर आएपछि पनि त्यत्तिकै बसेका छैनन् […]

काठमाडौँ, ७ वैशाख । श्रम तथा रोजगारमन्त्री दीपक बोहराले यथास्थितिमा महिला कामदारलाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा पठाउन नसकिने बताउनुभएको छ । ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका’ विषयमा आज श्रम मन्त्रालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री बोहराले भन्नुभयो– “वैदेशिक रोजगारीमा जानुअघि महिला कामदारको सुरक्षाको पूर्व सुनिश्चितता नभएसम्म ह्वारह्वार्ती पठाउने काम म मन्त्री हुन्जेल हुँदैन […]

काठमाडौँ, ६ वैशाख । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिवियालाई आज तीन विकेटले पराजित गरेको छ । जितसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारमा पर्ने आशा जीवितै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको स्कोर बनाएको थियो । दुई […]

पूर्णप्रसाद मिश्र / काठमाडौँ, ५ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँचवर्षे रणनीतिक योजना (२०७३–२०७८) सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्ले २०७२ चैत १ गते स्वीकृत गरेको योजना मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त सडक संरचनाको पुनःनिर्माणअन्तर्गत अरनिको राजमार्ग, बिपी राजमार्ग, गोरखा–बारपाक […]

काठमाडौँ, ४ वैशाख । नेपाली ब्याट्सम्यानद्वय शरद भेषवाकर र विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा शरद र विनोदले अविजित रहँदै ८४ रनको साझेदारी गरेपछि नेपालको धर्मराएको इनिङ उकासिएको थियो । नेपालले महत्वपूर्ण पाँचौँ विकेट गुमाएपछि सातौँ ब्याट्सम्यानका रुपमा क्रिजमा […]

काठमाडौँ, ३ वैशाख । बेलायतको जर्नल अफ एजुकेसन लिडरसिपले काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा प्रकाशचन्द्र भट्टराईलार्ई ‘इमेराल्ड इएफएमडी–२०१५’ को सर्वोत्कृष्ट अवार्ड अन्तर्गत मोस्ट कमेन्डेबल अवार्डबाट सम्मान गरेको छ । विश्वभरका विद्यावारिधि शोधकर्ताबीच भएको प्रतिस्पर्धामा डा भट्टराईले सर्वाेत्कृष्ट भई सो सम्मान प्राप्त गर्नुभएको हो । शिक्षा र नेतृत्व रणनीति विधा अन्तर्गत उहाँले सो सम्मान प्राप्त गर्नुभएको हो […]

भक्तपुर, २ वैशाख । मध्यपुरथिमि बोडेका ३५ वर्षीय जुजुभाइ बाँस श्रेष्ठले आज बोडेमा हजारौँ स्थानीयवासीका अगाडि आठौँ पटक जिब्रो छेड्नुभएको छ । बिस्केट जात्रामा मनाइने बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा २०६६ सालदेखि उहाँले जिब्रो छेड्दै आउनुभएको हो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाइएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्नुपर्ने हुन्छ । […]

वासुदेव पौडेल (पोखरा), २ वैशाख । पोखरेली जनताको चार दशकदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना बुधबार विमानस्थलको शिलान्याससँगै साकार हुने भएको छ । विमानस्थल निर्माणका लागि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको ऋण सम्झौतासँगै निकै उत्साहित बनेका पोखरेली जनतालाई शिलान्यासले थप उत्साहित बनाएको छ । विश्वमा नै परिचित पर्यटकीय नगरी पोखरामा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्नुले […]

पोखरा, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्याससँगै आजैदेखि यस क्षेत्रको विकासमा भरपर्दो आधार तयार भएको बताउनु भएको छ । पोखराको छिनेडाँडामा निर्माण हुने विमानस्थलको आज यहाँ शिलान्यास गर्दै उहाँले यस विकास निर्माणको सुरुवातसँगै पोखरेलीमा उत्साह थपिएको र सन् २०२० जुलाई सम्ममा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो […]

काठमाडौँ, १ वैशाख । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने सङ्क्रान्तिलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति भनिन्छ । यो नै विक्रम सम्बतको पहिलो दिन हो । आज विक्रम संवत् दुई हजार त्रिहत्तर (२०७३) वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट […]