
वासुदेव पौडेल / पोखरा, १९ भदौ । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ । नाका सञ्चालनसँगै नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थितिलगायतका धेरै कारणबाट […]

काठमाडौँ, १८ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती […]

पाल्पा, १८ भदौ । पाल्पा जिल्लाका ज्येष्ठ नागरिकलाई ‘जेष्ठ नागरिक परिचयपत्र’ वितरण गर्न थालिएको छ । महिला तथा बालबालिका कार्यालयले पहिलोचरणमा दशजना वृद्ध, वृद्वालाई ‘जेष्ठ नागरिक परिचयपत्र’ वितरण गरेको हो । तानसेन नगरपालिका– ३ का ७७ वर्षीय द्वारिकाप्रसाद शर्मालाई एक नम्बरको परिचयपत्र महिला विकास प्रमुख तुल्सा अर्यालले प्रदान गर्नुभयो । परिचयपत्र पाएपछि यहाँ वृद्धहरुको अनुहारमा […]

प्रशन्न पोखरेल / गोरखा, १७ भदौ । उत्तरी गोरखामा दुई वटा मनोरम पर्यटकीय उपत्यका छन् – चुम तथा नुव्री । चुम उपत्यकामा चुम्चेत र छेकम्पार गाविस पर्छ भने नुव्रीमा बिही, प्रोक, ल्हो र सामागाउँ पर्छन् । यी गाविसहरु हिमालपारिका क्षेत्र हुन् । सरकारले मनास्लु क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा राखेको छ । प्रकृति संरक्षण कोष अन्तर्गत […]

लहान, १७ भदौ । सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन । स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने […]

दीपेन्द्र सापकोटा / काठमाडौँ, १५ भदौ । करिब दुई वर्षअघि बङ्गलादेशमा भएको टि–ट्वन्टी क्रिकेट विश्वकपमा नेपाल छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले भन्नुभएको थियो, “विश्वमा नेपाली क्रिकेट खेलाडी मात्र यस्ता भाग्यमानी हुन् जसले फुटबल मैदानमा अभ्यास गरेर क्रिकेटको विश्वकप खेल्ने अवसर पाए ।” उहाँको यो भनाइलाई त्यतिबेला विश्वभरका सञ्चार माध्यमले प्राथमिकताका साथ […]

कालिका खड्का / काठमाडौँ, १४ भदौ । “यत्रो वर्ष भयो, कुनै अत्तोपत्तो छैन, न लास छ, न सास छ” – बेपत्ता परिवारका शर्मिला त्रिपाठीले यहाँ आयोजित एक कार्यक्रममा दुःख पोख्नुभयो । उहाँका पति ज्ञानेन्द्र त्रिपाठी बेपत्ता भएको अहिलेसम्म जीवत वा मृत फेला पर्न सकेका छैनन् । “न पार्टी न राज्य कसैले हेरेको छ, मान्छे मार्नेलाई […]

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ–तराई मधेस द्रुतमार्ग कुनै पनि विदेशी कम्पनीलाई दिने सोचमा आफू नरहेको बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “द्रुतमार्ग नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो । त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा केपी ओलीजीको सरकारले त्यो निर्णय गरेको हो । द्रुतमार्ग […]

किरण भट्टराई / काठमाडौँ, १२ भदौ । वैदेशिक रोजगारीमा गएका कामदारबाट उठाइएको कल्याणकारी कोषको रकम विभिन्न देशमा रहेका नेपाली दूतावासबाट दुरुपयोग भइरहेको भेटिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषअन्तर्गतको रकम समस्यामा परेका र मृत्यु भएका कामदारको उद्धारका लागि भन्दै बोर्डले दूतावासलाई दिए पनि कामदारको करोडौँ रुपैयाँको हिसाबकिताब गोलमाल गरिएको अनुमान गरिएको छ […]

सिबी अधिकारी / काठमाडौँ, ११ भदौ । स्वास्थ्यका लागि पेय पदार्थको रुपमा चियालाई लिइन्छ । तर पश्चिमा संस्कृतिको प्रभावले चियाको साटो मदिराजन्य पदार्थ र हल्का पेय पिउने बानी नेपाली समाजमा मौलाएको छ । पश्चिमा मुलुकमा समेत फेरिएको चिया पिउने संस्कृतिको विकास गर्ने उद्देश्यले नेपालमा पनि यसको अभ्यास सुरु भएको छ । पर्यटक आकर्षणसँगै युवा पुस्तामा […]