
काठमाडौँ, २४ साउन । गोरखाबाट एक बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्ययन […]

काठमाडौँ, २३ साउन । नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी संघकोे ११औँ महाधिवेशनको आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन नेवि संघको महाधिवेशन साउन २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । तर, नेविसंघमा सभापतिको दावेदार भने दर्जनभन्दा बढी देखिएका छन् । लामो समयको अन्तरालपछि हुन लागेको महाधिवेशनमा […]

पाल्पा, २२ साउन । तानसेन नगरपालिका– ११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात हुने गरेको छ । व्यावसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा ठूलो मात्रामा निर्यात हुने गरेको छ । फूलका बिरुवा भारतका अलावा नेपालका विभिन्न स्थानमा समेत निर्यात हुँदै आएको छ । गर्मी र चिसो दुबै मौसममा पाल्पामा […]

काठमाडौँ, २१ साउन । विगत पाँच वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आएकी नन्दप्रसादकी श्रीमति गंगामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा गरेकी छिन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले नयाँ प्रधानमन्त्री आएसँगै आफ्नो छोराको हत्यारालाई कारबाही हुने विश्वास व्यक्त गरेकी छिन् । उनले यदि यो सरकारबाट पनि आफूलाई न्याय […]

काठमाडौं, २० साउन – राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ लिनुभयो । बिहिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँहरुले जनताको नाममा पद तथा गोपनियताको सपथ लिनुभएको हो । राष्ट्रपति भण्डारीले […]

काठमाडौँ, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार व्यवस्थापिका संसदमा भएको मतदानमा बहुमत सदस्यको समर्थनका साथ निर्वाचित भएका हुन् । प्रधानमन्त्रीको लागि भएको निर्वाचनमा खसेको कूल ५७३ मत मा प्रचण्डको पक्षमा ३६३र विपक्षमा २१० मत खसेको थियो । मतपरिणाम सुनाउँदै सभामुख ओनसरी घर्तीले […]

काठमाडौं, १८ साउन । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्र उम्मेदवारी परेको छ । प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो । तर, प्रचण्डको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । प्रचण्डले विहान ११ बजेर २५ मिनेटमा समर्थक दलका नेताहरुसहित उम्मेद्वारी […]

काठमाडौँ, १७ साउन । प्राकृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा रहेको सुन्दर सुदूरपश्चिमको पर्यटकीय प्याकेज लिएर व्यवसायी राजधानी आएका छन् । पर्यटनको प्रचूर सम्भावना भए पनि भौगोलिक अवस्थिति र पूर्वाधार अभावले गति लिन नसकेको सुदूरपश्चिमको पर्यटनको व्यावसायिक प्रवद्र्धनका लागि व्यवसायी जुटेका हुन् । पर्यटन विकास समाज नामक संस्थाको अगुवाइमा आएका व्यवसायी तथा टुर अप्रेटरले […]

नारायण ढुङ्गाना / चितवन, १६ साउन । वन्यजन्तु आवतजावत गर्ने चितवनका जैविक मार्ग (कोरिडोर) क्षेत्रमा तपाईं गाडी रोक्दै हुनुहुन्छ ? पहिले पहिले रोक्नुभएको पनि होला । दिसापिसाब पनि गर्नुभयो होला । अञ्जानमा वन्यजन्तुलाई गाडीले ठक्कर दिएर भाग्नु पनि भयो होला । तर अब तपाईंले यसरी गाडी रोक्नुभयो भने या कुनै अवाञ्छित गतिविधि गर्नुभयो भने निकुञ्ज […]

काठमाडौँ, १५ साउन । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ । स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ) का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उहाँविरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिए […]