
प्रदीप नेपाल नाम आफैमा परिचय बनिसकेको छ । उहाँको राजनीतिक र साहित्यिक व्यक्तित्व समानान्तर रूपले विगत ४५ वर्षदेखि सक्रिय रहँदै आएको छ । नेपालको राजनीतिक नेतृत्व नयाँ पुस्ताले लिनु पर्छ भन्ने मान्यतामा दृढ रहनुहुने नेपालसमक्ष नेपालइखबरले समसामयिक विषयमा राखेका जिज्ञासाका उत्तरहरू उहाँको सुपरिचित शैलीमा प्रस्तुत छ । किशोरावस्थादेखि नै बाम आन्दोलनमा लाग्नु भएको यहाँलाई मुलुकले […]

नारायण ढुङ्गाना / चितवन, १० भदौ । नेपालमा पछिल्लो पटक देखापरेको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गर्न लागिएको छ । मुसामा लाग्ने किर्ना जातको माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययनका लागि तयारी स्वरुप इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका टोली चितवन आएको छ । स्क्रब टाइफसको अहिलेको अवस्था बुझ्न चितवन […]

काठमाडौँ, ९ भदौ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने भएको छ । अस्पतालको ५७औँ वार्षिकोत्सवको अवसरमा निर्देशक प्रा डा जागेश्वर गौतमले निकट भविष्यमै मिडवाइफ्री÷नर्सिङ कलेज सञ्चालन गर्ने, आफ्नै औषधि पसल खोल्ने, सिटीस्याक्न र एमआरआई सेवा सुरु गर्ने, स्याटेलाइट अस्पताल सञ्चालन गर्ने, अक्सिजन प्लान्ट सुरु […]

काठमाडौँ, ९ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ […]

चितवन, ८ भदौ । चितवनको सरकारी भरतपुर अस्पतालमा अलग–अलग छ शल्यक्रिया कक्षबाट सेवा सुरु गरिएको छ । यसअघि अस्पतालमा एकैकोठाबाट चारवटा अपरेशन टेबल राखेर शल्यक्रिया हुँदै आएकामा आजदेखि छुट्टाछुट्टै कोठाबाट अत्याधुनिक सेवासहित शल्यक्रिया सुरू गरिएको अस्पतालले जनाएको छ । हालै निर्माण सम्पन्न भएको ‘ए’ ब्लक भवनको दोस्रो तल्लामा अत्याधुनिक शल्यक्रिया सेवा थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट […]

रमेश लम्साल / काठमाडौँ, ७ भदौ । वर्तमान सरकारले जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना कामलाई अगाडि बढाइरहेको छ । गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका पुष्पकमल दाहालले त्यसलगत्तै जनताको दैनिकीसँग जोडिएका एक दर्जनभन्दा बढी विषयमा चासो व्यक्त गर्नुभएको छ । संविधानको कार्यान्वयन तथा मधेसकेन्द्रित दललाई वार्ता र संवादमार्फत उनीहरुको माग […]

रामबहादुर थापा / बागलुङ, ६ भदौ । ‘आँगनीमाथि सिंवाली लाग्यो, वरिलै कदमको छायाँले सातै र समुन्द्र मै तरी आएँ, वरिलै बाबाको मायाले’– हरिदेवी कोइराला(२०४५) ‘जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन उखरमौलो वैँश छोप्ने चीजै भएन जवानीले पा¥यो नि पिरलो तीज आएनि पिरलो, नआएनि पिरलो चोरी खान पल्केको ढाडे बिरालो’ – श्रीदेवी देवकोटा÷प्रकाश कटुवाल(२०७२) साडी […]

रमेश गिरी / भक्तपुर, ५ भदौ । इसापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेशमा सञ्चालन भएर सात वर्षअघि बन्द भएको महाकाली नाच नगदेशमा गए रातिदेखि सुरु भएको छ । अर्थाभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द सो नाच स्थानीय युवाको सक्रियतामा सुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो । नाचका संयोजक तुइलाल […]

काठमाडौँ, ४ भदौं । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई अमेरिकाको सामाजिक संस्था ‘वि केयर फर ह्युम्यानिटी’ ले ‘एसिया डिग्निटेरी म्यान अफ द इयर’ नामक अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको छ । चुनौतीपूर्ण परिस्थितिमा नेपालको संविधानसभाको निर्वाचन सम्पन्न गर्न २०७० सालमा सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गरेको योगदान तथा न्याय सेवा मार्फत जनता र समाजलाई पु¥याएको योगदान […]

सन्तोष गौतम / बाबियाचौर (म्याग्दी), ३ भदौ । म्याग्दीमा सञ्चालित भवन, सडक, सिँचाइ, खानेपानी लगायतका आयोजनामा ढिलासुस्तीका साथसाथै गुणस्तरीय काम नहुने समस्या देखिएको छ । विकट र दुर्गम भूबनोट रहेको म्याग्दीमा सरकारी निकाय र निर्माण ब्यवसायीका कारण हुने ढिलासुस्ती र समुदायको विवाद विकासको बाधक बनिरहेका छन् । सरकारी निकायले कामलाई भन्दा प्रक्रियालाई प्राथमिकता दिँदा, ठेक्का […]