
प्रकाश सिलवाल / काठमाडौँ, २ भदौ । अन्य विश्वविद्यालयका तुलनामा प्रतिविद्यार्थी लगानी निकै बढी भएको नेपाल संस्कृत विश्वविद्यालयमा विद्यार्थीको आकर्षण भने घट्दो देखिन्छ । सरकारी अनुदान र विश्वविद्यालयको लगानीसमेत जोड्दा प्रतिविद्यार्थी वार्षिक सरदर खर्च रु एक लाख ७० हजारभन्दा बढी छ तर विद्यार्थीको आकर्षण बढ्न सकेको छैन । दुई वर्षअघि चार हजार २०० विद्यार्थी रहेकामा […]

काठमाडौँ, १ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका लागि आगामी भदौ ८ गतेदेखि फारम वितरण तथा ११ गते काठमाडौँ तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइनेछ । स्नातक तहमा ४८ जनालाई अध्ययन […]

काठमाडौँ, १ भदौ । वन अनुसन्धान तथा सर्वेक्षण विभागले आर्थिक वर्ष २०७२÷७३ मा तराईका २० जिल्लाको १७५ स्थानको वन मापन गरेको छ । विभागले तराईका २० जिल्लाको विभिन्न १७५ वनमा रहेको रूखको उचाइ, मोटाइ, नयाँ बिरुवाको अवस्था, पुरानो बिरुवाको अवस्था, कुन कुन प्रजातिको बिरुवा, गैरकाष्ट बिरुवा र माटोको कार्बनसम्बन्धी अध्ययन गरेको हो । विभागका उपसचिव […]

रमेश लम्साल / काठमाडौँ, ३१ साउन । सरकारले आगामी हिउँदमा विद्युत्भार कटौती सात घन्टामा सीमित गर्ने गरी कार्ययोजना तयार गरेको छ । स्वदेशी उत्पादन तथा भारतबाट थप विद्युत् आयात गरेर विद्युत्भार कटौती कम गर्ने योजना अगाडि सारिएको हो । ऊर्जा मन्त्रालयले तयार गरेको सो कार्ययोजना प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पेस गरिसकिएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै […]

चितवन, ३० साउन । शिक्षा, अनुसन्धान र प्रसारको उद्देश्यका साथ स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर आन्दोलनका कारण धरासायी बन्दै गएको छ । गत वर्ष भदौमा उपकुलपतिमा प्राडा ईश्वरीप्रसाद ढकाल नियुक्त भएसँगै एमाले निकट प्राध्यापकले एक महिना केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खुल्ने र पुनः लगाउने क्रम जारी छ । यस […]

काठमाडौँ, २९ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आठ हजार २५८ विद्यार्थीलाई रु नौ करोड ५६ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । छात्रवृत्ति पाउनेमा मुलुकमा चलेको १० वर्षसम्मको सशस्त्र द्वन्द्वको समयमा दुवै पक्षबाट पीडामा परेका बालबालिका छन् । मन्त्रालय स्थापना भएदेखि अहिलेसम्म छात्रवृत्तिका शीर्षकमा रु नौ करोड ५६ लाख ३६ हजार खर्च भएको हो […]

काठमाडौँ, २८ साउन । राष्ट्र निर्माणमा योगदान पु¥याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गर्नुभयो । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा […]

अच्युत रेग्मी / (सिन्धुपाल्चोक), २७ साउन । पहिलोपटक सामुदायिक वन राष्ट्रिय दिवस मनाउन पाउँदा ठोकर्पावासी खुसी छन् । सामुदायिक वनको उद्गमस्थलका रुपमा परिचित ठोकर्पा गाविसमा यसैवर्षदेखि सामुदायिक वन राष्ट्रिय दिवस मनाउन थालिएपछि स्थानीयवासीमा खुसीयाली छाएको हो । विसं २०३० साउन २५ मा तत्कालीन गाउँ पञ्चायतका सभापति नीलप्रसाद भण्डारीको पहलमा ठोकर्पामा मुलुककै पहिलो सामुदायिक वनको स्थापना […]

काठमाडौँ, २६ साउन । चीन र नेपालका विद्वत् वर्गले चीन–नेपाल–भारत आर्थिक मार्ग दक्षिण एसियाका लागि मात्र नभई समग्र उपमहाद्वीपकै निम्ति समृद्धिको संवाहक हुने धारणा व्यक्त गरेका छन् । नेपाल विश्व सम्बन्ध परिषद् र चीन अध्ययन केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘चीन–नेपाल–भारत आर्थिक मार्ग ः संभावना र दृष्टिकोण’ विषयको कार्यशालाका सहभागीले त्यस्तो धारणा व्यक्त […]

काठमाडौँ, २५ साउन । निर्वाचन आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा नल्याउँदासम्म स्थानीय तहको निर्वाचन गर्न नसकिने जनाएको छ । “स्थानीय निकायका सङ्ख्या, नामाङ्कन, सीमाङ्कन नटुङ्ग्याई स्थानीय निकायको निर्वाचन गर्न सकिँदैन, निर्वाचन मुखले बोलेर हुने होइन, यसका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्छ, २४ क्यारेट […]