एक्सक्लुसिभ समाचार

बौद्ध सम्मेलन भव्य र सभ्यरुपमा मनाउने

  काठमाडौँ, । गौतम बुद्धको दुई हजार ५२६औँ जन्मजयन्ती तथा बौद्ध सम्मेलनलाई भव्य र व्यवस्थितरुपमा मनाउन बौद्ध गुरु तथा गुम्बा व्यवस्थापन समितिलगायतका सङ्घसंस्थासँग आज छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा आगामी वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रियस्तरमा मनाउन नेपालमा रहेका बौद्धसम्बन्धी गुरु र सङ्घसंस्थासँग अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल […]


एसएलसी दिने विद्यार्थीका लागि भिडियोमा पाठ्यक्रम

  भक्तपुर, ७ फागुन । शैक्षिक जनशक्ति विकास केन्द्रले एसएलसी दिने विद्यार्थीका लागि छवटा विषयको पुस्तकको अडियो भिडियो बनाएर विद्यालयलाई वितरण गर्ने भएको छ । एसएलसी दिने विद्यार्थीका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयका पाठलाई अडियो, भिडियो बनाएर रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रसारण गर्र्दै आएको केन्द्रले आगामी वर्षका लागि भने सबै विषयको अडियो भिडियो […]


फुटबल टोलीलाई भव्य स्वागत

    (चन्द्रकला भण्डारी) काँकडभिट्टा (झापा), ५ फागुन । तेइस वर्षपछि नेपाललाई दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीले आज दिउँसो पूर्वी प्रवेशद्वार काँकडभिट्टामा भब्य स्वागत तथा सम्मान पाएको छ । भारतको गुवाहाटीबाट सोझै नेपाल प्रवेशद्वार आएका विजेता फुटबल खेलाडी र प्रशिक्षकलाई मेची पुलदेखि नै हजारौँ झापाली खेलप्रेमीले जयजयकार […]


तन र मन एकै ठाउँमा रम्न सक्ने जन्मभूमि बाहेक अन्यत्र हुँदैन : डा रवीन्द्र पाण्डे

वास्तवमा तपाईको परिचय के हो ? एउटा साहित्यकार, एउटा चिकित्सक वा एउटा परोपकारी व्यक्ति ? स्वास्थ्य सेवा, साहित्य र समाजसेवा मेरो जीवनका तीन स्तम्भ हुन् ! विगतमा यी ३ स्तम्भलाई एकसाथ महत्त्व दिएको थिएँ ! वैसाख १२ को विनाशकारी भूकम्पपश्चात् समाजसेवा पहिलो प्राथमिकतामा परेको छ भने अन्य कुरा यो वर्ष स्थगित छन् ! सामान्य परिवारमा […]


फोहोरबाट बिजुली निकाल्ने तयारी

    काठमाडौँ, ३ फागुन । काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने तयारी गरिरहेको जनाएको छ । आगामी तीन महिनाभित्र १४ किलोवाट बिजुली निकाल्न लागेको महानगरपालिकाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो । टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित भएको फोहोरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक ३०० टन जैविक फोहोर प्रयोग हुने पनि उहाँले जानकारी […]


वैदेशिक बजारमा फूलको माग

  (राजाराम कार्की) काठमाडौँ, । खेतबारीका आली कान्लामा खेती गरेर थाली र ढक्कीमा सङ्कलन गरी सहजै बिक्री हुने फूलमा समेत नेपाल परनिर्भर हुनुपरेको छ । नेपालमा फूलखेती व्यावसायिक ढङ्गले सुरुआत भएको झन्डै २३ वर्ष पुगिसक्दा पनि पुष्प व्यवसायको परनिर्भरता शून्यमा झर्न सकेको छैन, खाद्यान्न त परै जाओस् । पूजापाठ र मठमन्दिरमा चढाउने फूल समेत अन्यत्रबाट […]


जनताका नायक कोइराला

(सिबी अधिकारी) काठमाडौँ, । हलिउडमा हिरो बन्ने उत्कट चाहनाका साथ अमेरिका जाने अन्तीम तयारीका बेला नेपाली राजनीतिले यु टर्न गरिदियो र हलिउडको नायक बन्ने सपना अधुरै रह्यो, राजनीतिक यात्रा पो सुरु भो – सुशील कोइरालाको । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई तत्कालीन राज महेन्द्रले विसं २०१७ साल पुस १ गते अपदस्त गर्दै पञ्चायती […]


हार्दिक श्रद्धाञ्जली दा !

  डा‍.लेखप्रसाद निरौला । कहाँ मानवको सृष्टि ! कहाँ राष्ट्र सुधाकर ! दुवैको नित्य सम्बन्ध भै’दिए स्वर्ग मन्दिर । प्रयत्न मनले गर्ने सुराष्ट्र नव जीवन धन्य मानव ती कोही सुशील स्पन्द नन्दन । त्याग सात्विक सन्मार्ग निष्ठा राष्ट्र समुन्नत निःस्पृह मनका धन्य सुशील कर्म सुब्रत ! धीरोदात्त मिष्ठभाषी सुदीर्घ साधना प्रिय ब्रह्मचारी सदाचारी सुशील शील […]


नेपाललाई विश्व स्काउटको सर्वाेच्च पदक

  (एकराज पाठक) काठमाडौ, २४ माघ । नेपाललाई विश्व स्काउटको सर्वाेच्च पदक प्रदान गरिएको छ । नेपाल स्काउटका सल्लाहकार एवम् निवर्तमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई विश्व स्काउट सङ्गठनले सो सङ्गठनको सर्वाेच्च पदक ब्रोन्ज ओल्फ प्रदान गर्ने निर्णय गरेको छ । स्काउटिङको विकासमा उल्लेखनीय योगदान गरेका व्यक्तिलाई सो पदक प्रदान गरिन्छ । सन् १९३५ मा स्थापित […]


ऊर्जा क्षेत्र सुधारका लागि रु साढे दुई अर्ब

    काठमाडाँै । विश्व बैंकले ऊर्जा क्षेत्र सुधार तथा दिगो जलविद्युत् विकास आयोजना कार्यान्यवन गर्न रु दुई अर्ब ५१ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । ऊर्जा उत्पादनको क्षेत्रमा संलग्न निकायहरुको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रियस्तरका जलविद्युत् एवम् प्रसारण लाइन परियोजनाको तयारी र योजना तर्जुमा गर्न उक्त बैंकले सरकारलाई ऋण प्रदान गर्न लागेको हो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter