एक्सक्लुसिभ समाचार

बूढीगण्डकी आयोजनालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन चीनसँग आग्रह गरिन

  (रमेश लम्साल) काठमाडौँ, २३ फागुन । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लाग्नु भएको चीन भ्रमणका क्रममा सो आग्रह गर्ने तयारी गरिएको छ । ऊर्जा मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरी परराष्ट्र मन्त्रालयलाई बुझाइसकेको छ । […]


सामूहिक कृषि उत्पादनमा जुट्यो काँडेवास

  बलेवा (बागलुङ), । जिल्लाको काँडेवासका किसान सामूहिक कृषि उत्पादनमा जुटेका छन् । विभिन्न समूहमा आबद्ध यहाँका किसान विभिन्न पेसामा व्यावसायिक बन्न थालेका हुन् । काँडेवास गाविसमा मात्रै पछिल्लो दुई वर्षको अवधिमा करिब रु ५० लाखको लगानीमा सामूहिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरिएको छ । समूहमा आबद्ध भएर काम गर्दा लगानी जुटाउन सजिलो हुने […]


भूकम्प प्रभावित शिविरमा झाडावान्ताको प्रकोप

  गोरखा, २० फागुन । भूकम्प प्रभावित उत्तरी गोरखाका विभिन्न गाविसमा झाडाबान्ता, ज्वरो, रगतमासी, रुघाखोकीजस्ता रोगको प्रकोप फैलिएको छ । उहिया, केरौँजा र सामा गाविस भित्र शिविरमा बसोबास गर्दै आएका भूकम्प प्रभावित रोगले थलिएका छन् । भूकम्पका बेला भत्किएका स्वास्थ्यचौकी मर्मत भएका छैनन् । टेन्टभित्र सञ्चालित स्वास्थ्य संस्थामा औषधिको अभाव हुनुका साथै पर्याप्त स्वास्थ्यकर्मी नहुँदा […]


सहकार्य गर्ने नेतृत्व छान्न काँग्रेसलाई अन्य दलको सुझाव

काठमाडाँै, १९ फागुन । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनबाट काँग्रेसले समृद्धिका लागि सहकार्यको नीति र नेतृत्व बनाउने सहयात्री दलहरुले अपेक्षा गरेका छन् । मुलुकको सबैभन्दा ठूलो पार्टी र पुरानो पार्टी हुनुको नाताले काँग्रेसले लिने नीति र छान्ने नेतृत्वले अन्य पार्टी र मुलुकलाई समेत असर पर्ने भएकाले सहकार्य गर्ने नेतृत्व छान्न धेरैले सुझाव दिएका छन् । […]


गुरुङ संस्कृति अनुसन्धान–अवलोकनको आकर्षण बन्दै सङ्ग्रहालय

    (वासुदेव पौडेल) पोखरा, १६ फागुन । कास्कीको पर्यटकीय गाउँमा सञ्चालित ‘सिक्लेस इको–म्युजियम’ गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धान र अवलोकनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । प्राचीन गुरुङ सभ्यताको विशिष्टस्थलका रुपमा विकसितसङ्ग्रहालय गुरुङ सभ्यताको जानकारी राख्न चाहने जो कोहीका लागि निकै उपयोगी बन्दै गएको छ । सङ्ग्रहालयकै अवलोकनका लागि दैनिक रुपमा पोखरा हुँदै आउने […]


झापामा २५ श्ययाको वृद्धाश्रम निर्माण

  काँकडभिट्टा (झापा), । झापाको सदरमुकाम भद्रपुरमा २५ जना वृद्धवृद्धालाई आश्रय दिने सुविधायुक्त वृद्धाश्रमको निर्माण सम्पन्न भएको छ । नेपाल जेरियाटिक सोसाइटीको झापा शाखाद्वारा भद्रपुर–११ मा नवनिर्मित वृद्धाश्रममा असहाय ज्येष्ठ नागरिकलाई आवास, घुमफिर र स्वास्थ्य उपचार सेवा उपलब्ध गराइने सोसाइटीका संरक्षक कमल राजवंशी बताउनुहुन्छ । आठ जना दाताले दिएको साढे ११ कट्ठा जग्गामा निर्मित २५ […]


कालीगण्डकी करिडोरको काम तीव्र

    बागलुङ, १४ फागुन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्डमा मार्ग खोल्ने काम तीव्र बनेको छ । नेपालको उत्तर–दक्षिण सीमा जोड्ने करिडोरको यस खण्ड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । गत असार दोस्रो सातादेखि जिल्लाको मालढङ्गा–टाकुरी खण्डमा सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले काम सुरु गरेको हो । साढे १३ किलोमिटरको उक्त […]


परिवारबाट अपहेलित वृद्धवृद्धालाई वृद्धाश्रममा आश्रय !

  (प्रशन्न पोखरेल) आरुघाट (गोरखा), १३ फागुन । ‘न सकिन्छ गरिखान न सकिन्छ मरिजान बुढेसकालमा, छोरानाति कनकन गर्छन्, बुहारीले आँखा तर्छन् बुढेसकालैमा’ गायक बुद्धिसागर बस्यालले स्वर भरेको ‘मुरलीको धुन’ एल्बममा सजिएको यो गीतमा भनेजस्तै परिवारको अपहेलना र रेखदेख नपाएका भोजपुरका नरबहादुर कार्की अहिले गोरखाको तान्द्राङस्थित अमिलीचौरमा रहेको बूढीगण्डकी वृद्धाश्रममा बस्दै आउनु भएको छ । कार्कीका […]


उच्च माविमा पनि अक्षराङ्क पद्धति लागू हुने

    काठमाडौँ, ११ फागुन । उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक तहमा अक्षराङ्क पद्धति (लेटर ग्रेडिङ्) लागू गर्ने निर्णय गरेको छ । आगामी शैक्षिक वर्षदेखि कक्षा ११ र १२ का विद्यार्थीको परीक्षा अक्षराङ्क पद्धतिबाट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा मूल्याङ्कन परिषद्को यही मङ्सिर २३ गतेको बैठकले […]


प्रधानमन्त्रीबाट नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान

नयाँदिल्ली, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक वृद्धिका लागि स्थानीय र बाह्य दुवै लगानीकर्ता चाहिने बताउँदै विदेशी लगानीका हकमा नेपालमा भारतीय लगानीकर्ताले स्वाभाविक रुपले नै बढी लाभ प्राप्त गर्ने बताउनुभएको छ । भारतको छदिने राजकीय भ्रमणका क्रममा आज नयाँ दिल्लीमा नेपाल उद्योग वाणिज्य महासङ्घ र कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्री, भारतीय चेम्बर अफ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter