एक्सक्लुसिभ समाचार

भौतिक पूर्वाधारमा एडिबीको सहयोग

    काठमाडौँ, १२ चैत । सडक, यातायात र रेलमार्ग निर्माण लगायत भौतिक पूर्वाधारको विकासमा एसियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने इच्छा देखाएको छ । कावा प्रधानमन्त्री विजयकुमार गच्छदारसँग आज बैंकका उपाध्यक्ष वाङ काई झाङले कार्यकक्षमै भेटी पूर्वाधार विकासमा सहयोग गर्ने इच्छा देखाउनुभएको हो । सन् २०२२ सम्म नेपाललाई अल्पविकसितबाट विकासशील देशमा पु¥याउनका लागि […]


क्यान्सरदेखि हेपटाइटिस्सम्म सफल जडिबुटी उपचार

एकराज पाठक काठमाडौ, १० चैत । नेपाल सरकारको सहसचिव पदमा कार्यरत ५४ वर्षीय विश्वनाथ रेग्मी प्रोस्टेट ग्लान्ट बढ्ने समस्याले पीडित हुनुभयो । दोस्रो चरणमा नै पुगिसेको भन्दै उहाँलाई चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए । तर शल्यक्रियाको बिकल्प खोजिरहनुभएका उहाँ आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुग्नुभयो । उक्त केन्द्रका कृष्णप्रसाद पोखरेलको जडिबुटी औषधि खाएपछि आज […]


नेपाल कीटजन्य रोगको जोखिममा

    (कल्पना पौडेल) काठमाडौँ, ८ चैत । नेपाल कीटजन्य रोगको उच्च जोखिममा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कीटजन्य जीवबाट हुने १० प्रकारका रोगको नेपाल उच्च जोखिममा रहेको हो । कालाज्वर, जापानिज इन्सेफ्लाइटिस, डेङ्गु, चिकनगुनिया, वेष्ट नाइल भाइरस, चाँदीपुरा भाइरस, हात्तीपाइले तथा स्क्रव टाइफस रोगबाट नेपाल जोखिममा रहेको महाशाखाका प्रमुख डा […]


बेलायती राजकुमार ह्यारी काठमाडौँमा

नारायण न्यौपाने र विष्णु नेपाल काठमाडौँ, ६ चैत । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा आज अपराह्न यहाँ आइपुग्नुभएको छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आउनुभएको हो । राजकुमार ह्यारीलाई […]


तरकारी बेचेर ट्याक्टर खरिद

  गौशाला, ५ चैत । महोत्तरी जिल्लाका एक किसानले तरकारी बेचेर कमाएको १० लाख रुपैयाँले ट्याक्टर खरिद गरेका छन् । मिहेनत, लगन र इमान्दारीका साथ मानिसले कुनै पनि काम गरेमा चाहेको जुनसुकै वस्तु प्राप्त गर्न सक्ने उदाहरण बनेका छन् जिल्लाको धिरापुर गाविस–९ बरदाहा बस्ने किसान काशिम राइन । मात्र एक वर्षको अवधिमा तरकारी बेचेर कमाएको […]


बुद्धमन जस्तै सिद्धार्थनगर बनाउने अभियानमा नगरवासी

  (दीपक घिमिरे) लुम्बिनी (रुपन्देही), २ चैत । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरको दक्षिणी मूलद्वार बेलहियामा एकाबिहानै मानिसको भीडभाड थियो । ती सबैका हातमा झाडु र ‘प्ले ब्यानर’ थिए । समूहको भीडमा सांसद् इश्तियाक अहमद खाँनको पनि उपस्थिति थियो । उहाँको हातमा ठूलो झाडु थियो । हेर्दा लाग्थ्यो बुद्धनगरीकै प्रवेशद्वार बेलहियाबाट कुनै आन्दोलनको सुरुवात त […]


सार्वजनिक खरिदलाई पारदर्शी बनाउन विद्युतीय प्रणाली लागू

    (रमेश लम्साल) काठमाडौँ, ३० फागुन । सार्वजनिक खरिद अनुगमन कार्यालय र ‘क’ वर्गका वाणिज्य बैंकबीच विद्युतीय प्रणालीबाट खरिद कार्य गर्नेसम्बन्धी विद्युतीय प्रणाली(इजिपी) प्रणाली लागू गर्ने विषयमा द्विपक्षीय समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रमेशकुमार शर्मा र ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच छुट्टाछुट्टै सहमतिपत्रमा हस्ताक्षर […]


सौर्य ऊर्जाबाट सञ्चालित डाइलोसिस सेवा प्रभावकारी

    रत्ननगर (चितवन) । चितवनको रत्ननगर अस्पतालमा सौर्य ऊर्जाबाट सञ्चालित मिर्गौलाको डाइलोसिस सेवा प्रभावकारी भएको छ । छोटो समयमै सेवा लिने बिरामीको सङ्ख्या ३५८ पुगेको रत्ननगर अस्पतालले जनाएको छ । गत मङ्सिर १५ बाट यहाँ नेपालमै पहिलोपटक सोलारबाट डाइलोसिस सेवा सुरु भएको थियो । आज ११औँ विश्व मिर्गौैला दिवस देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम […]


सिरहा जिल्लालाई खुला दिसामुक्त क्षेत्र बनाउने पहल

    लहान, २७ फागुन । घरघरमा शौचालय निर्माण गराई सन् २०१६ भित्रै सिरहा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणाका लागि जिल्लाका सरोकारवालाले १५ बुँदे घोषणापत्र जारी गरेका छन् । संयुक्त मधेसी मोर्चाको ६ महिना लामो बन्द र हडतालका कारण सन् २०१५ भित्रै सिरहा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य पूरा नभएपछि उक्त लक्ष्य यसै वर्षभित्र […]


नवनिर्वाचित सभापति शेरबहादुर देउवाको जीवनी

  काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उहाँ बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ । बाल्यकालदेखि नै राजनीतिक चासो राख्नुहुने नवनिर्वाचित देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट राजनीतिमा होमिनुभएको थियो । खासगरी विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter