
काठमाडौँ, जेठ २७ गते । बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको हो । प्रतिवेदन अनुसार […]

काठमाडौं, जेठ २६ गते । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक […]

काठमाडौं, जेठ २५ गते। आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैङ्कले बताएको छ। आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैङ्कका व्यवस्थापक शङ्करनारायण तवयनाले बताउनुभयो। आज यहाँ आयोजित ‘आँखादान तथा सामूहिक श्रद्धाञ्जलि सभा सम्बन्धी पत्रकार सम्मेलन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “बैङ्कमा आँखाको नानी सुरुको अवस्थामा […]

जयकृष्ण यादव / इनरुवा, जेठ २४ गते । देशभरबाट युवाहरु रोजगारीका लागि विदेश पलायन भइरहेका बेला सुनसरीका युवाहरुले भने उदाहरणीय काम गरेर स्वदेशमै मनग्य कमाउँदै आएका छन् । सुनसरीका युवाहरुले आफ्नै भूमिमा लाखौं आम्दानी गरी स्वरोजगार बन्न सफल भएका छन् । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका –२ का किसान उमेश मेहताले आफ्नो तीन विघा जग्गामा श्रमगरी […]

डिलबहादुर सिंह / प्रकाशविक्रम शाह : बाजुरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खप्तडलाई सुदूरपश्चिमका लागि मात्र नभई देशकै पर्यावरणमैत्री, पर्यटकीय आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै खप्तड विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको चर्चा गर्नुभयो । उहाँले नयाँ पर्यावरणमैत्रीसहित […]

राममणि दाहाल / हेटौँडा, जेठ २२ गते । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने पालिकाहरुका सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीहरु छनौट गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाको संयोजकत्वमा यहाँ बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले लाभग्राहीको छनौट गरेको हो । पालिकाबाट सुरक्षित नागरिक आवासका […]

काठमाडौं, जेठ २१ गते। सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई […]

काठमाडौं, जेठ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनुभएको छ। भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन […]

काठमाडौं, जेठ १९ गते । मध्य र पूर्वी तराईमा विषम खालको र पश्चिम तराईमा हल्का लू (तातो हावा) चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाले अधिकांश भूभागमा अधिकतमदेखि न्यूनतम तापक्रम वृद्धि हुँदा तातो हावा चल्ने जनाएको छ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिएको महाशाखाले जनाएको छ । […]

नयाँदिल्ली, जेठ १८ गते: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ। भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उहाँले नेपाल र भारतबीचको […]