एक्सक्लुसिभ समाचार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

काठमाडौं, चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ । एक मत तटस्थ रहेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा कुल २६२ जनाको उपस्थिति थियो। […]


बैंक,लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत ५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक, लघुवित्त र सहकारी संस्थामा देखिएका समस्या प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताउनुभएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले वित्तीय संस्थाको अनुगमन र नियमन आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम […]


नागरिकको मन जित्दै स्थानीय सरकार

कमल शर्मा / दैलेख, चैत ४ गते । स्थानीय सरकारले सेवामार्फत नागरिकको मन जित्न नसकिरहेको आरोप लागिरहेका बेला जिल्लाका केही स्थानीय सरकारले नागरिकको मन जित्ने प्रयास गरेका छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले निर्वाचनको बेला गरिएका प्रतिबद्धता पूरा नगरेको भन्दै दोहोरिएर निर्वाचन लडेका उम्मेदवार पराजित भएसँगै २०७९ वैशाखमा भएको स्थानीय […]


उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

सपना थामी / काठमाडौं, चैत ३ गते। उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव विजयी हुनुभएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो। शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी हुनुभएको हो। उहाँ जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो। […]


मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने सरकारको निर्णय

काठमाडौं, चैत १ गते। सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमणमा कडाइ गर्ने निर्णय भएको जानकारी गराउनुभएको हो। सरकारले नेपाल सरकारका मन्त्री र अन्य उच्चपदस्थ कर्मचारीले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक […]


‘वैदेशिक लगानीकर्ताको समस्या समाधान गर्न एकल बिन्दु सेवा’

काठमाडौं, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मङ्गलबार नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । […]


राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं, फागुन २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि […]


नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकपबाट दुई खेल टाढा

गाेविन्द रेग्मी / काठमाडौं, फागुन २८ गते । नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो । जितसँगै तालिकाको चौथो स्थानमा उक्लिएको नेपाल अब विश्वकप छनोटबाट दुई खेल मात्र टाढा छ […]


चिकित्सकहरुको सम्मेलनमा सिकलसेल एनिमियाबारे छलफल

अविनाश चौधरी / धनगढी, फागुन २७ गते। कैलालीको धनगढीमा चिकित्सकको सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलन शनिबार सम्पन्न भएको छ। थारु समुदायमा बढी देखिएको वङ्शाणुगत रोग सिकलसेल एनिमियाको बारेमा चिकित्सकहरुबीच ज्ञान आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन गरिएको हो। सोसाइटी अफ इन्टरनेशनल मेडिसिन अफ नेपाल (साइमन) को आयोजनामा भएको सम्मेलनमा सिकलसेल एनिमियाको सवालमा चिकित्सकबीच घनिभूत छलफल भएको सम्मेलनका संयोजक […]


केही दिनमा समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल गरिने बताउनुभएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताउनुभयो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter