
काठमाडौं,चैत १७ गते। नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो । खेलको सुरुवाती अग्रता लाओसले लिएको भए पनि नेपालले घरेलु मैदानमा उपाधि रक्षा गरेको हो […]

काठमाडौं, चैत १६ गते । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उपनिर्वाचनका लागि एक करोड ८० लाख एक हजार ५६६ मतदाता कायम भएको जानकारी दिनुभयो । जसमा पुरुष ९१ लाख ४९ हजार ३३५, महिला ८८ लाख ५२ […]

धर्बेन्द्र झा / धनुषा, चैत १५ गते । नेपालबाट सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने सरकारले लिएको लक्ष्यप्राप्तीका लागि तीन वटै तहका सरकारले समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र लाइफ नेपालले संयुक्त रूपमा आज बुधबार जनकपुरधाममा आयोजना गरेको बालविवाह अन्त्यका […]

काठमाडौं, चैत १४ गते। मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्ने गरी मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीका अनुसार मिटरब्याजलाई अपराध घोषणा गरी […]

काठमाडौं, चैत १३ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरूमा रहेका पुराना वेबपेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटाहरू नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकोले ती लिङ्क, फाइललगायतका सामग्रीहरू हटाउन निर्देशन दिएको […]

काठमाडौं, चैत १० गते । नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक (आईजीपी) बन्नुभएको हो । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नु हुनेछ। ३० वर्षे […]

अर्जुन काफ्ले / स्याङ्जा, चैत ९ गते । अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कका शिवालय आमा समूहले सामूहिक आलुखेती थालेको छ । गाउँमा लाहुरे आँउदा होस या विवाह, व्रतबन्ध हुँदा आमा समूहले आफ्नो सामुहिक सांस्कृतिक कार्यक्रम गरी आर्थिक सङ्कलन गरेर गाउँ समाजमा विभिन्न विकास निर्माण तथा समाजसेवाका काम गर्दै आएको आमा समूह सामूहिक आलुखेतीमा समेत जुटेको हो […]

काठमाडौं, चैत ८ गते । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको हो। नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गर्नुभयो । नेपालका लागि खेलको ३० औँ मिनेटमा तामाङले गोल गर्नुभएको हो। नवीन लामाको कर्नरमा अनन्तले […]

गलेश्वर, चैत ७ गते। विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन। मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरू घट्दै गएका छन्। हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने पदयात्राको रोमाञ्चकता अचेल कम हुँदै जान थालेको छ। पिठ्यूँमा झोला बोकी लौरीको साहरामा उकालो–ओरालो गर्नेहरूको सङ्ख्या पनि पातलिँदै […]

काठमाडौं, चैत ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ । एक मत तटस्थ रहेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा कुल २६२ जनाको उपस्थिति थियो। […]