एक्सक्लुसिभ समाचार

१५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं, फागुन २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने जनाएको छ । साथै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको रिटमा शुक्रबार सुनुवाइ गरेको हो । न्यायाधीश खतिवडाले अहिले माग बमोजिम अन्तरिम आदेश जारी […]


विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत

खुम्जुङ (सोलुखुम्बु), फागुन २४ गते। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले महिला जलवायु परिवर्तनको असरको सिकार बनेको बताउनुभएको छ। सामाजिक संस्था साथसाथै र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त आयोजनामा खुम्जुङमा आयोजित कार्यक्रममा उहाँले आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाहरूले धेरै समस्या भोगेको देखेको भन्दै राज्यले नीतिगतरूपमै हिमाली भेगमा जलवायु अनुकूलनका कार्यक्रमको व्यवस्था गर्ने बताउनुभयो। “यहाँको […]


नेपालको बिजुली भारत र बङ्गलादेशको बजारमा पुग्दैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन २३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको आज यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका […]


यूएईमाथि नेपालको रोमाञ्चक जित, विश्वकप सम्भावना जीवितै

गाेविन्द रेग्मी / काठमाडौं, फागुन २२ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै नेपालले विश्वकप छनोटको गणितीय सम्भावना कायम राखेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा नेपालले घरेलु टोली यूएईलाई ४२ रनले हरायो । […]


रुइतद्वारा जन्मस्थानका नागरिकको आँखा उपचार

चन्द्र पन्दाक / ताप्लेजुङ, फागुन २१ गते । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू जन्मेको ठाउँ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पुगेर आँखाका विरामीको उपचार गर्नुभएको छ । जिल्लाकै दुर्गम तथा बिकट स्थानीय तहको रुपमा रहेको फक्ताङ्लुङ गाउँपालिकामा डा. रुइतले शल्यक्रियासहित आँखाका विरामीको उपचार गर्नुभएको हो । गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोकमा शनिबार र आइतबार दुई […]


दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्य व्यवस्था र शासन प्रणाली भएको बताउनुभएको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्नु हुँदै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास गरेर मात्र सुशासन र समृद्धिको आधार तयार पार्न सकिनेमा जोड दिनुभयो । प्रधानमन्त्रीले […]


आसिफको अर्धशतकमा नेपाल तीन विकेटले विजयी

काठमाडौं, फागुन १९ गते। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल विजयी भएको छ। नेपालले पपुवान्युगिनीविरुद्ध तीन विकेटको जित निकालेको हो। नेपालको जितका लागि आसिफ शेखको अर्धशतकीय योगदान रहयो। उहाँले १३० बल खेल्दै ८६ रन बनाउनुभयो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट […]


नेपाल यू–१९ विश्वकपमा छनोट; क्रिकेट टोलीले देशको गौरव बढाएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन १८ गते । नेपाल सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हरायो । युएईलाई हराउनैपर्ने फाइनल सरह अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले […]


कारखानामा ९८ प्रतिशत महिलाको सहभागिता

बिन्दु थापा / तानसेन, फागुन १७ गते । उद्योग व्यवसायमा अधिकांश पुरुषको बाहुल्य रहने गरे पनि पछिल्लो समय पाल्पामा महिलाको सहभागिता उत्साहजनक देखिएको छ । महिलामा आएको आत्मविश्वास लगन र मिहेनतले यहाँका महिलाहरु राम्रो आम्दानी गर्न पनि सफल भएका छन् । पाल्पाली ढाका कपडा सङ्घका अध्यक्ष पूर्णमाया महर्जनको उद्योगमा १६ महिलाले रोजगारी पाएका छन् । […]


विश्व बैंकको सय मिलियन डलर ऋण सम्झौतालाई अन्तिम रुप दिन वार्ता समिति गठन गर्ने

काठमाडौं, फागुन १६ गते । सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायकसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मङ्गलबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter