
काठमाडौं, फागुन ५ गते । नेपाल र इजरायलबिच कृषि क्षेत्रमा सहकार्यका लागि छलफल भएको छ । नेपालस्थित इजरायली दूताबास र नेपाल इजरायल चेम्बर अफ कमर्शले संयुक्तरुपमा नेपाल र इजरायलका १५ वटा कम्पनीहरुसँग सहकार्यका लागि भर्चुल छलफल चलाएको भएको काठमाडौंस्थित इजरायली दूताबासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । कृषि क्षेत्रमा ज्ञान र आधुनिक प्रविधिको प्रयोगलाई […]

काठमाडौँ, फागुन ५ गते । ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेस गर्नुभएको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो । सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता […]

काठमाडौँ, फागुन ४ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा पुगेर जलनबाट घाइते हुनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका नगर प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। प्रधानमन्त्री ओलीसँगै उहाँहरुको स्वास्थ्य अवस्था बुझ्न प्रथम महिला राधिका शाक्यसमेत कीर्तिपुर अस्पताल पुग्नुभएको थियो। प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले भन्नुभयो, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली […]

काठमाडौँ, फागुन ४ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रको बिचमा कनेक्टिभिटीसहितको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनलाई आइतबार ओमनको राजधानी मस्कटमा सम्बोधन गर्दै मन्त्री डा.देउवाले सो धारणा राख्नुभएको हो । उक्त सम्मेलनको मुख्य विषयवस्तु ‘समुद्री साझेदारीको नयाँ क्षितिजको यात्रा’ खासगरी नेपालजस्ता […]

काठमाडौँ, फागुन ३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका लागि शनिबार आवेदन खुला गरेको हो । इच्छुक प्रशिक्षकले फागुन १६ गतेसम्म आवेदन दिने सक्नेछन् । क्यानले प्रशिक्षक बन्न कम्तिमा ईसिबी वा सिए बाट लेभल ३ को कोर्स पार गरेको […]

सन्तोष दहित / दाङ, फागुन ३ गते । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषद्को बैठकमार्फत दोस्रो आवधिक योजना पारित गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो आवधिक योजना पारित गर्ने निर्णय गरेको योजना आयोगका उपाध्यक्ष डा. डिल्लिराज अर्यालले जानकारी दिनुभयो । प्रदेश विकास परिषद बैठकमा […]

भक्तपुर, फागुन २ गते । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा देशभर एकैसाथ सञ्चालन हुनेछ। वैशाख २२ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई परीक्षामा सहभागी […]

काठमाडौँ , फागुन २ गते । प्रहरीका पूर्व महानिरीक्षक(आईजीपी)हरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रहरी विधेयक सच्याउन माग गरेका छन् । बिहीबार साँझ बालुवाटारमा अच्युतकृष्ण खरेल, मोतिलाल बोहरा, उपेन्द्रकान्त अर्याल र धिरज प्रताप सिंहसहित ७ जनाले प्रधानमन्त्रीसँग भेटेर विधेयक सच्याउन माग गरेका हुन् । पूर्वआईजीपीहरुले ४ वटा विषय सच्याउन माग गरेका छन् । प्रहरीलाई गृह […]

कल्पना घिमिरे / काठमाडौँ । भारतीय आयल निगम कर्पोरेसन (आईओसी)ले एक नेपाली कम्पनीलाई वार्षिक २४० मेट्रिक टन लिक्विफाइड प्राकृतिक ग्यास (एलएनजी) आयातको अनुमति दिएको छ । बुधबार आइओसीले नेपालको योग्य होल्डिङ कम्पनीसँग वार्षिक २४० मेट्रिक टन एलएनजी ग्यास आयातका लागि सम्झौता गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका […]

काठमाडौँ, फागुन १ गते । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७० प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् । खोप अभियान सुरु भएको नवौँ दिनमा ११ लाख ६१ हजार ८७४ लक्षित किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार कोशी प्रदेशमा दुई लाख १९ हजार ८३, मधेश प्रदेशमा […]