समाचार

नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व कला,साहित्य र सङ्गीत हो: राष्ट्रपति पौडेल

काठमाडौँ, माघ ३० गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत भएको बताउनुभएको छ।नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई गर्नुभएको सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र सङ्गीत समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउने स्पष्ट पार्नुभयो।उहाँले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनुभएको […]


प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु

काठमाडौँ, माघ ३० गते । राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार जारी गरेको विज्ञप्तिमा दाङ जिल्ला निवासी एक बालिकालाई लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरिएको बताएका […]


ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने

काठमाडौँ, माघ २९ गते । बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्यास उद्योगीका मागहरू सम्बोधनका लागि उद्योग मन्त्रालय, नेपाल आयल निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणबिच छलफल भएको छ । ग्यास उद्योगीका जायज माग सम्बोधन हुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका […]


किसान सूचीकरण कार्यक्रममा सहभागी हुन आग्रह

धर्बेन्द्र झा / जनकपुरधाम, माघ २९ गते । मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले किसानको पहिचान कायम गर्न सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रममा सहभागी हुन मधेश प्रदेशका किसानलाई आग्रह गर्नुभएको छ । किसान आयोगले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार गरेको किसान सूचीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा […]


काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा

काठमाडौँ , माघ २८ गते । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टको सूची सार्वजनिक गरिएको छ । उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो । जसमा वर्णानुक्रमअनुसार १० जनाको सर्ट लिस्ट आज सार्वजनिक गरिएको हो । उपकुलपति खोज तथा सिफारिस समितिले १० जनालाई सर्टलिष्टमा पारेको हो । सर्टलिष्टमा परेकाहरूको आगामी फागुन […]


किशोरीहरुद्वारा प्रधानमन्त्रीलाई पत्राचार

धर्बेन्द्र झा / जनकपुरधाम, माघ २८ गते । विवाहको उमेरहद २० वर्ष नै यथावत राख्नु पर्ने सुझाबसहित धनुषाका किशोरीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अनुरोधसहितको पत्राचार गरेका छन् । धनुषाको विभिन्न किशोरी क्लबका किशोरीहरुले जिल्ला हुलाक कार्यालय धनुषामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सम्बोधन गरी प्रधानमन्त्री ओलीलाई लेखेको अनुरोधसहितको पत्रमा विवाहको उमेरहद २० वर्षबाट घटाएर १८ […]


नागरिकता संशोधन र प्रहरीसहित प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

काठमाडौँ, माघ २७ गते। प्रतिनिधिसभाको आइतबारको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत गरिएका छन्। बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१ प्रस्तुत गर्नुभएको हो। विधेयक प्रस्तुत गर्दै उहाँले सहज रूपमा नागरिकता प्रदान र प्रक्रिया थप व्यवस्थित गर्न विधेयक ल्याउनुपरेको जानकारी गराउनुभयो। गृहमन्त्री […]


प्रमुख तीन पार्टीप्रति बाबुरामको कटाक्ष : ३० वर्षसम्म देशलाई ठगेर खाए

काठमाडौँ , माघ २७ गते। नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का संयोजक डा.बाबुराम भट्टराईले ३० वर्षसम्म कांग्रेस, एमाले र माओवादीहरूले देश र जनतालाई ठगेको आरोप लगाएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले वैकल्पिक शक्तिले नयाँ विचारको संश्लेषण गरेर जानुपर्ने बताए । ‘कांग्रेसले गरेनन् । कम्युनिस्टले गरेनन् । यी नै […]


थारू सीप र संस्कृतिको प्रवर्धन गरौँ : सभापति देउवा

तुलसीपुर, माघ २६ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार उदघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो । थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएतापनि त्यसको बजारीकरण र प्रवर्धन हुन नसक्दा […]


शैक्षिक गुणस्तर सुधार्न विद्यालयलाई पन्ध्र लाखसम्म अनुदान

चन्द्र पन्दाक / ताप्लेजुङ, पुस २६ गते। ताप्लेजुङका स्थानीय तहले शैक्षिक गुणस्तरलाई सुधार्न विभिन्न रचनात्मक योजना तथा गतिविधिसँगै आर्थिक अनुदान उपलब्ध गराउँदै आएका छन्। पछिल्लो समय खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले स्थानीय तहहरुले रचनात्मक योजना साथै अनुदान उपलब्ध गराउन थालेका हुन्। जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्ने योजनासहित विद्यालयलाई अनुदान उपलब्ध […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter