
रमेश विश्वकर्मा / गुल्मी, मंसिर ५ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो । “जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडामा अनुदान” कार्यक्रमअनुसार गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडा अनुदान […]

म्याग्दी, मङ्सिर ४ गते । दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १५५ जना स्वदेशी र २८ हजार ९७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले असोज महिनामा ५९ हजार […]

काठमाडौँ, मङ्सिर ४ गते । नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको भोलि १८ वर्ष पूरा हुँदै छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । वि.सं. २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला […]

काठमाडौँ, मङ्सिर ३ गते । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहरमात्रै व्यवस्थापन गर्ने तयारी गरेको कामपा वातावरण व्यवस्थापन विभागले जनाएको छ । यसका लागि […]

अमरराज नहर्की / तनहुँ, मङ्सिर ३ गते । सुन्तला बिक्री गरेर तनहुँका किसानले मनग्य आम्दानी गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा यहाँका किसानले ४० करोड रुपियाँ हात पारेका छन् । ११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन हुँदा उक्त रकम हात पारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । गत […]

काठमाडौँ , मङ्सिर २ गते । चालु आर्थिक वर्ष २०८१–८२ को साउन–कात्तिकको अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो चार महिनाको अवधिमा सरकारले ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क छ । जुन आम्दानी वार्षिक लक्ष्यको २२।३६ प्रतिशत हो । यो आम्दानी राजस्व, अनुदान र अन्य गरेर सरकारलाई […]

काठमाडौँ, मङ्सिर २ गते । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४०७ जनाले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आइतबार राति विज्ञप्ति जारी गर्दै मनोनयन दर्ता गराउने उम्मेदवारबारे जानकारी गराएको हो ।

धनुषा, मङ्सिर १ गते । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरू तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन् ।भगवान् सीतारामको विवाहलाई लिएर ५ सयको सङ्ख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका हुन् । तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरे । मुख्यमन्त्री सिंह […]

बाँके, मङ्सिर १ गते । उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निर्यातमुखी उद्योगलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । नेपालगञ्ज उप–महानगरपालिका –१८ मा रहेको स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, ‘अहिलेको अवस्थामा युवाहरु मिलेर स्वदेशमै आवश्यक सामग्री उत्पादन […]

हरिप्रसाद कोइराला / उर्लाबारी, कात्तिक ३० गते । मोरङको उर्लाबारी –७ का ४२ वर्षीय देवेन्द्र बस्नेत च्याउको व्यावसायिक उत्पादनमा लाग्नु भएपछि वार्षिक ३० लाख बढी कमाइ गर्दै आउनुभएको छ । अहिले बाह्रै महिना च्याउ खेती गर्न सकिने प्रविधि भित्रिएको छ । स्थानीय ६० जनालाई रोजगार दिएर दैनिक एक हजार दुई सय किलो च्याउ उत्पादन गरिरहनुभएका […]