
रुपन्देही / जेठ ३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले नेपाल दुई ठुला अर्थतन्त्र भएको राष्ट्रबिच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा भैरहवामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले ठुला अर्थतन्त्र भएका चीन र भारतबिच रहेको नेपालले आफ्नो आर्थिक […]

काठमाडौँ, जेठ ३ गते । स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीले २२ औँ आमरण अनसन तोड्नुभएको छ । केसीले बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ औँ अनसन तोडेको जानकारी दिनुभएको हो । उहाँले छैटौँ दिनमा द्वन्द्व पीडितहरू भानुप्रताव साह, उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोड्नुभएको छ । डा. केसी […]

दाङ / जेठ २ गते । रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ती किशोरी छागाबाट खसेजस्तै भइन् । “विवाहबारे कल्पनासमेत गरेकी थिइनँ । भर्खर आठ कक्षा पढ्दै गरेकी मलाई त्यो कुरा सुन्दा कस्तो भयो होला! त्यसैमा […]

काठमाडौँ, जेठ २ गते । सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादवले सोमबार […]

काठमाडौँ जेठ १ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जानेलाई नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध गरेको छ । भिसाका लागि भारत जानुपर्ने बाध्यता रहेको भन्दै श्रम मन्त्रालयले नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध गरेको हो । मन्त्री डोल प्रसाद अर्यालले नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेसँगको भेटको क्रममा उक्त कुरा राखेका […]

झापा, जेठ १ गते । झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । वि.सं.२०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघन डुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता यहाँस्थित वन कार्यालयमा थन्किएका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले भण्डारणमा रहेको रक्तचन्दनलाई […]

काठमाडौँ, वैशाख ३१ गते । सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेस हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । सङ्घीय संसद्को दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने अभ्यास छ । त्यसअनुरूप […]

सिराज खान / नेपालगन्ज, वैशाख ३१ गते । इच्छाशक्ति र केही गरेर देखाउने सोच भए गाउँघरमै बसेर राम्रो पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ, बाँकेको राप्ती सोनारी गाउँपालिका–७ की सीता दमाईंले । उहाँले घरमै बाख्रापालन गरेर अहिले वार्षिक तीन लाख रुपियाँ चोखो आम्दानी गरिरहनुभएको छ । राप्ती सोनारी गाउँपालिका–७, निबुवाटार बस्ने दमाईंले दुई […]

काडमाडौं, वैशाख ३० गते। वर्ल्डलिंक कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ। यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेका विभिन्न आठ वटा रिट खारेज भएका छन्। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकको […]

काठमाडौं, वैशाख ३० गते। संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकसँग गर्नुभएको छलफल बिना निष्कर्ष सकिएको छ। आइतबार अपराह्न सिंहदरबारमा बोलाइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतकको बैठकमा पनि कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्याएपछि बैठक बिना निष्कर्ष सकिएको हो। […]