समाचार

चौधरीको ‘नयाँ वनपाले’ सर्वोत्कृष्ट

काठमाडौँ, कात्तिक २१ गते । नेपाल बाल साहित्य समाजले २०७९ सालको ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ। सर्वोत्कृष्ट कृति मूल्याङ्कन समितिद्वारा गरिएको सिफारिसलाई समाजले सर्वोत्कृष्ट गरेको हो । समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा कात्तिक २० गते बसेको कार्यसमिति बैठकले इन्द्र चौधरीको ‘नयाँ बनपाले’ लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको […]


गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर; रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , कात्तिक २० गते । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ […]


काठमाडौँमा छठको रौनक सुरु, सिँगारिँदै गौरीघाट, कमलपोखरी

काठमाडौँ, कात्तिक २० गते । काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थनमा छठका लागि तयारी सुरु गरिएको हो । छठ पूजाका लागि काठमाडौँका गौरीघाटलगायतका नदी किनारहरु सिंगारिएका छन् । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाय अरबा अरबाईन भोजन गर्ने गर्दछन् । दोश्रो दिन […]


निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ, कात्तिक १५ गते । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एकसय ४७ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ४९ रुपियाँ […]


थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान गर्ने

काठमाडौँ, कात्तिक १५ गते। थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ। कात्तिक ११ गते अनुमति बिना काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो। एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको […]


अन्तःशुल्क स्टिकर भ्रष्टाचार : निलम्बित मुख्यसचिवसहित यी हुन सफाइ पाउनेहरू

काठमाडौँ , कात्तिक १४ गते। विशेष अदालतले अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित १० जनालाई सफाइ दिएको छ । विशेषले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर गरेर अन्य प्रतिवादीलाई सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू खुशीप्रसाद थारू र रितेन्द्र […]


वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बैंकमार्फत विनाधितो ऋण दिन कार्यविधि तयार हुँदै

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले बैंकमार्फत विनाधितो ऋण पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि कार्यविधि बनाउँदैछ । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विनाधितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेर मन्त्रालयले सरोकारवालासँग छलफल अगाडि बढाएको छ । महँगो ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न मन्त्रालयले […]


साबुन उत्पादन गरी जीविकोपार्जन

निशा राई / धरान, कात्तिक १३ गते । आफ्नो घर वरपर पाइने बनस्पतिबाट साबुन उत्पादन गरी धरान –१५ निवासी ३८ वर्षीया मनिता घिमिरेले आफ्नोे जीविकोपार्जन गर्दै आउनुभएको छ । करिब ७ वर्षअघि काठमाडौंमा विदेशीले सिकाएको साबुन बनाउने तालिममा सहभागी हुँदा त्यसबाट आफूले सिकेको र आफ्नै स्थानीय क्षेत्रमा पाइने वनस्पतिबाट साबुन बनाउन सकिन्छ भन्ने थाहा पाई […]


बढ्यो भाइमसलाको व्यापार

लक्ष्मी सापकोटा / काठमाडौँ, कात्तिक ११ गते । तिहार नजिकिँदै गर्दा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई भाइमसला (नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता) दिने प्रचलन छ । सोही अनुसार उपभोक्ताले अहिलेदेखि नै भाइमसला किन्न थालेका हुन् । आगामी बुधबारदेखि यस वर्षको […]


अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : प्रमुख आयुक्त राई

काठमाडौँ , कात्तिक १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग अनिवार्य हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिको बैठकमा भएको छलफलमा भाग लिँदै प्रमुख आयुक्त राईले अति जटिल कामहरू […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter