समाचार

कोरोनाबीच पनि आरोहणप्रति चासो बढ्यो, १५७ जनाले मनास्लु आरोहण गर्ने

काठमाडौं, भदौ २२ गते । जोखिमपूर्ण आरोहण मध्येमा पर्ने मनास्लु हिमाल (८१८३ मिटर) आरोहणका लागि १५७ जना विदेशी आरोहीले पर्यटन विभागबाट अनुमती लिएका छन् । हिउँद मौसममा आरोहण हुने यस हिमालमा कोरोना महामारीकै बीचमा पनि ठूलो संख्यामा आरोहण हुने भएको विभागको तथ्याङक छ । १५ आरोहणदलबाट ३३ जना महिला र १२४ जना विदेशी आरोहीले मनास्लु […]


शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, भदौ २१ गते । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले आज गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी तत्काल उपयुक्त निकास निकाल्न आग्रह गर्नुभयो । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई […]


थप एक हजार ४८८ सङ्क्रमित, एक हजार ७४३ निकाे, २० काे मृत्यु

काठमाडौं, भदौ २१ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ४८८ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ७० हजार ७५९ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त […]


एक हजार ३५७ सङ्क्रमित थपिए, दुई हजार २७४ निको, २३ जनाको मृत्यु

काठमाडौं, भदौ १८ गते । पछिल्लो २४ घण्टामा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर नौ हजार ७७३ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, चार हजार ५६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ […]


पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौँ, भदौ १८ गते । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । […]


थप एक हजार ६१९ सङ्क्रमित, एक हजार ८४६ निकाे, १६ जनाको मृत्यु

काठमाडौं, भदौ १७ गते । पछिल्लो २४ घण्टामा एक हजार ६१९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६५८ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, तीन हजार ९९२ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८५ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ […]


विद्युतीय बस सञ्चालनमा ऊर्जामन्त्री पम्फा भुसालको चासो

काठमाडौँ, भदौ १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गर्नुभएको छ । पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उहाँले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिनुभएको हो । सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि […]


टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै युवा

दिलकुमार लिम्बु / फुङ्लिङ, भदौ १६ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । सञ्चालन गर्न सजिलो र राम्रो आम्दानी दिने भएपछि यहाँका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । दुई वर्षअघि फुङ्लिङ नगरपालिका–३ क्यानिमका नेत्रप्रसाद भट्टराईले टर्की पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । युरोपियन चरा […]


एक हजार ६४८ जनामा सङ्क्रमण, तीन हजार ३० निकाे, २० को मृत्यु

काठमाडौं, भदौ १६ गते । पछिल्लो २४ घण्टामा एक हजार ६४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६१२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, चार हजार ३२३ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ४०४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ […]


अपाङ्गमैत्री कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ, भदौ १५ गते । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले अपाङ्गमैत्री कानुनको प्रभावकारी कार्यान्वयनका लागि आफूले पहल गर्ने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घको २८ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित सम्मान कार्यक्रममा उहाँले कतिपय सन्दर्भमा निर्माण भएका कानुन प्रयोगमा नआएको भन्दै त्यसका लागि आफूले पहल गर्ने बताउनुभएको हो । उपाध्यक्ष दाहालले कोरोना महामारीका कारण […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter