समाचार

महानगरमा ‘एक वडा : एक नमूना विद्यालय’

काठमाडौँ, असार ३ गते । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कामपाले आज आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको छ । कामपाले ३२ वडाभित्रका सबै विद्यालयको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् […]


एक हजार ७६८ थपिए, दुई हजार १४१ कोरोनामुक्त, ३९ को मृत्यु

काठमाडौं, असार ३ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ७६८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ७११ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७६८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ९८४ पुगेको […]


दुई हजार १४ थपिए, तीन हजार ८२ कोरोनामुक्त, ५२ को मृत्यु

काठमाडौं, असार २ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार १४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आठ हजार ६८७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार १४ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १४ हजार २१६ पुगेको छ । चार हजार […]


रासायनिक मलको कोटा निर्धारण

कञ्चनपुर, असार २ गते । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो । कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने […]


निषेधाज्ञामा सर्वोच्च तथा जिल्ला अदालतबाट दिइने सेवामा थप

काठमाडौं, असार १ गते । सर्वोच्च अदालतले जारी लकडाउनमा केही थप सेवा प्रवाह गर्ने भएको छ । मङ्गलबार सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट सम्पादन हुने कामकारबाही र सेवा प्रवाहका सम्बन्धमा जेठ २१ गतेको पूर्ण बैठकको निर्णय बमोजिमका कामकारबाही र सेवाहरुलाई निरन्तरता दिने बताएको हो । त्यस्तै सर्वोच्चले कोरोनाभाइरस सङ्क्रमणको जोखिमको आंकलन एवं […]


रोकिएका परीक्षा दशैँअघि

सविता शर्मा / काठमाडौँ, असार १ गते । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित […]


दुई हजार ४९ थपिए, पाँच हजार १४७ कोरोनामुक्त, ५३ मृत्यु

काठमाडौं, जेठ ३१ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ४९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नौ हजार ४३८ को आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा दुई हजार ४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १० […]


जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

काठमाडौँ, जेठ ३१ गते । सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु. चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने […]


एक हजार ६९४ थपिए, तीन हजार ९९४ कोरोनामुक्त, ४६ को मृत्यु

काठमाडौं, जेठ ३० गते । नेपालमा कोरोनाभाइरसका एक हजार ६९४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख आठ हजार ४७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै नेपालमा हाल ६८ हजार ९५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । […]


जारी निषेधाज्ञा एक हप्ता थप , हार्डवेयर, पुस्तक पसल खोल्न पाइने

मुकुन्द गैरे / काठमाडौं, जेठ ३० गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । यसैगरी बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter