
पशुपतिनगर, फागुन २६ गते । विसं २०५९ मा रोजगारीका लागि साउदी अरेबिया पुगेका इलामको सन्दकपुर गाउँपालिका–२ का गिरिराज खनालले घर फर्किएर कृषि कर्म थालेपछि मनग्ये आम्दानी गर्नुभएको छ । व्यावसायिक रुपमा फलफूलको नर्सरी राखेपछि खनालको आम्दानी बढेको मात्रै छैन गाउँका युवालाई रोजगारीको अवसर पनि दिनुभएको छ । विदेशमा गरिने मेहनतबाट देशमै गरे कृषि क्षेत्रबाट रोजगारी […]

काठमाडौं, फागुन २६ गते । नेपालमा कोरोना भाइरसका १०४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ४८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै याे सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ९७४ पुगेको जनाउनुभयाे । पछिल्लो चौबीस घण्टामा […]

काठमाडौँ, फागुन २५ गते । यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी […]

काठमाडौं, फागुन २५ गते । नेपालमा कोरोना भाइरसका ५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ६१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको […]

काठमाडौँ, फागुन २४ गते । मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट बाग्मतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले पानी बाग्मतीमा हाल्नुभएपछि पशुपति क्षेत्रसम्मको नदी केही सफा […]

काठमाडौं, फागुन २४ गते । नेपालमा कोरोना भाइरसका ८९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको […]

सिबी अधिकारी / काठमाडौँ, फागुन २३ गते । वसन्त यामको आरोहणका लागि थोरै सङ्ख्यामा भए पनि आरोही आउन थालेका छन् । सो यामको आरोहण अनुमतिका लागि केही आरोहीले निवेदन दिएका छन् । वसन्त याम शुरु भइसकेकाले अबका दिनमा आरोही समूह आउने पर्यटन विभागको अपेक्षा छ । विभागका निर्देशक मीरा आचार्यले याम शुरु भए पनि अहिलेसम्म […]

काठमाडौं, फागुन २३ गते । नेपालमा कोरोना भाइरसका ६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार १०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ७२१ पुगेको […]

नारायण न्यौपाने / काठमाडौँ, फागुन २२ गते । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन आइतबारदेखि शुरुआत हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको छ । सर्वाेच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशनुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न […]

काठमाडौं, फागुन २२ गते । नेपालमा कोरोना भाइरसका ४७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६५५ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ६२ […]