
जमुनावर्षा शर्मा / पोखरा, कात्तिक ३ गते । अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्वप्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो “अन्नपूर्ण सर्किट […]

काठमाडौं, कात्तिक ३ गते । देशभरिका ६४९ स्थानीय तहमा मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरिने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै स्थानीय तहमा पाँच देखि १५ शय्याको अस्पताल निर्माण गर्ने नीति बमोजिम अस्पताल भवनको शिलान्यास गर्न लागिएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेल र स्वास्थ्य तथा […]

काठमाडौँ, कात्तिक २ गते। पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुनेछ । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको […]

जयकृष्ण यादव / इनरुवा, कत्तिक २ गते । सुनसरीको गढी गाउँपालिका २ भमरीका ५० वर्षीय श्यामसुन्दर चौधरीले माछापालन थाल्नुभएको २८ वर्ष भयो । दुई कट्ठाबाट सुरु गर्नुभएको माछापालनबाट अहिले वार्षिक ३० लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । चौधरीले २०४९ सालमा दुई कट्ठा जग्गामा स्थानीय जातको माछा पालन सुरु गर्नुभएको र एक वर्षपछि दुई […]

काठमाडौँ, कात्तिक १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताउनुभएको […]

काठमाडौँ, कात्तिक १ गते। सरकारले महत्वका साथ अगाडि बढाएको नवलपरासीको धौवादी फलामखानीमा रहेको धाउको चीनको छेन्दुमा सफलतापूर्वक परीक्षण गरिएको छ । खानीमा रहेको धाउ उच्चगुणस्तरको रहेको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूले सो मन्त्रालयको कार्यभार सम्हालेपछि प्राप्त गरिएका उपलब्धिको विवरण सार्वजनिक गर्दै फलामखानीको धाउको परीक्षण सफलतापूर्वक गरिएको बताउनुभयो । मन्त्रालयले गत […]

काठमाडौँ, असोज ३० गते। सरकारले कोरोना भाइरस (कोभिड १९)को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन् । उहाँका अनुसार नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट […]

टिस्टुङ, असोज ३० गते। पछिल्लो समय मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भ¥याङ म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको छ । नेपालकै लामो भनिएको उक्त भ¥याङ र भ¥याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर पछिल्लो समय म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको हो । राष्ट्रिय समाचार समिति (रासस) मा यस सम्बन्धी […]

मङ्गलबारे, असोज २९ गते । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएका इलामका पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अन्तु र माइपोखरीलगायत घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । मौसममा […]

काठमाडौँ, असोज २९ गते। राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले विगत बीस वर्षमा गरेका सिफारिसको कार्यान्वयन अवस्थाको प्रतिवेदनबाट उक्त सङ्ख्याका उलङ्घनर्ताको सूची सार्वजनिक गर्नुभएको हो । हालसम्मका एक हजार १९५ सिफारिस र कार्यान्वयनको अवस्थाको मूल्याङ्कनका आधारमा ती […]