काठमाडौँ, असोज २६ गते । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपतिक्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै कामपाकोे करीब रु १५ करोेड अनुदानमा पाशुपतक्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिनुभयो । […]
केदार तिमल्सिना / काभ्रे, असोज २५ गते । गणित विषयमा स्नातकोत्तर बनेपाका प्रकाश तिमल्सिनाको परिचय केही वर्षअघिसम्म एक शिक्षक र सहकारीकर्मी थियो । तर अहिले उहाँको परिचय फेरिएको छ, सफल कृषक र उद्यमीका रुपमा । त्यस अर्थमा उहाँको दिनचर्या अन्य युवाको भन्दा फरक छ । पैँतीस वर्षीय प्रकाशका दिन बिहान ५ बजे उठेदेखि आफूले पालेका […]
काठमाडौँ, असोज २५ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताउनुभएको छ । मन्त्रालयले किसानको तथ्याङ्क लिने कार्यक्रम सञ्चालनसँगै आवश्यक कृषि नीति, ऐन, नियमावली बनाउन थालेको जानकारी दिँदै उहाँले यस वर्ष बन्ने योजना किसानको पक्षमा हुने विश्वास दिलाउनुभयो । चालिसौँ विश्व खाद्य दिवसको […]
काठमाण्डौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं २ का सभापति एवं युवा नेता उपेन्द्र कार्कीलाई काठमाण्डौंको कोभिड संक्रमण अनुगमन सूचना संयोजकमा चयन गरेको छ । काोभिड १९ केन्द्रीय अनुगमन समितिका संयोजक एव सह महामन्त्री डा प्रकाशशरण महतले पत्र दिंदै कार्कीलाई सूचना संयोजक चयन गरेको जनाएका छन् । उनले काठमाण्डौं कांग्रेसलाई आबश्यक सहयोग, एवं समन्वयका लागि […]
काठमाडौँ, असोज २४ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्न सबैलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा […]
काठमाडौँ, असोज २४ गते। पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दसैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय […]
काठमाडौं, असोज २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख काम अहिले कोभिडविरुद्ध लडेर नेपाली जनताको जीवनरक्षा गर्नु रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घको विश्व ज्ञान सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । कोरोना महामारीका बेला जनतालाई कुनै चिजको अभाव र समस्या नहोस् भन्नेमा सरकार पूर्णतः ध्यान दिइरहेको उहाँले […]
काठमाडौँ, असोज २३ गते । सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालिमपश्चात टोलीलाई आज प्रदेश खटाइएको हो । महाशाखाका निर्देशक […]
काठमाडौँ, असोज २२ गते। अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान १०:३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११:०५, केन्टुकीमा […]
सिराज खान / नेपालगञ्ज, असोज २२ गते । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नं. ६ कोहोला गाउँमा बाख्रा स्मार्ट गाउँ कार्यक्रम सञ्चालन भएपछि सो गाउँका हरेकजसो घरमा व्यावसायिक बाख्रापालन शुरु गरिएको छ । नरैनापुर गाउँपालिकाका अनुसार कोहोला गाउँमा ५० घर परिवारले अहिले व्यवसायिक रुपमै बाख्रा पालिरहेका छन् । पहिले शोखका लागि एक दुईवटा बाख्रा पाल्नेहरूले पनि […]