
काठमाडौँ, भदौ ३१ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिनुभएको छ । सोमबार कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो […]

घोराही (दाङ), भदौ ३१ गते । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आउनुभएको छ […]

काठमाडौँ, भदौ ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ काे वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान […]

काठमाडौँ, भदौ ३० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौतापछि आज मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुहुँदै सञ्चारमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक […]

काठमाडौँ, भदौ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कांग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आउनुभएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको […]

काठमाडौँ, भदौ २९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसंगत चलाएमा सहकारी नडुब्ने र यसले कसैलाई नडुबाउने बताउनुभएको छ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले शनिबार सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताउनुभयो । अर्थतन्त्रका तीन […]

काठमाडौं, भदौ २८ गते। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ। आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताउनुभयो। […]

केदार मगर / खोटाङ, भदौ २८ गते । यहाँका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश नागरिकको भान्छामा गुन्द्रुक, किनीमा र सिस्नो तथा कोदोको ढिँडो र मकैको च्याख्ला अवश्य पाक्छ । अचेल त सहर बजारमा बसोबास गर्ने मानिसले पनि यी वस्तुको खोजी गर्न थालेका छन् । ग्रामीण भेगमा उत्पादन गरेका अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री सहर बजारमा […]

तम्घास, भदौ २७ गते । गुल्मीमा च्याउ खेती गर्नेमा रेसुङ्गा नगरपालिका–८ की कमला भलामीको नाम अग्रणी स्थानमा आउँछ । करिब तीन वर्ष जापान बस्नुभयो । कमाइ राम्रै थियो तर बचत भइरहेको थिएन । त्यसपछि उहाँ सन् २०११ मा गाउँ फर्केर अलि अलि बचत भएको रकमले आफ्नै उद्योग सुरु गर्नुभयो । घरमा गाईभैँसी, बाख्रा, बङ्गुरका साथै कुरिलो खेती पनि सुरु […]

काठमाडौँ, भदौ २७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक सम्पत्ति शुद्धीकरण अभियोग समेत दाबी गरेर मुद्दा दायर गरेको छ। अख्तियारले लुम्बिनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको दाबी लिएको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन […]