समाचार

जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल

काठमाडौँ, असोज १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । इन्डोनेसियाको जकार्तामा आयोजित एसिया प्रशान्त क्षेत्रीय पाँचौँ मन्त्रिस्तरीय बैठकमा मन्त्री पौडेलले नेपालमा जलवायु परिवर्तनका कारण असर परिरहेकाले यसबाट कृषि र स्वास्थ्य क्षेत्र बढी प्रभावित भएका बताउनुभयो […]


‘वान बेल्ट, वान रोड’ प्रस्तावप्रति नेपाल सकारात्मक

काठमाडौँ, असोज १० गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकार चीनको ‘वान बेल्ट, वान रोड’ प्रस्तावप्रति सकारात्मक रहेको बताउनुभएको छ। जनवादी गणतन्त्र चीनको स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा साउथ एसिया नेटवर्क टेलिभिजनद्वारा बिहीबार आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री गुरुङले भन्नुभयो, “नेपालले छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय […]


अलराउन्डर वरियतामा सन्दीपको छलाङ

काठमाडौँ, असोज ९ गते । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिनुभएको हो । अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ, सोमपाल कामी ५३,औँ करण केसी ७६औँ, गुलशन […]


मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र अगाडि लाग्नुपर्छ : संस्कृतिमन्त्री पाण्डे

रमेश पौडेल / पोखरा, असोज ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र अगाडि लाग्नुपर्ने र सरकारले पछाडिबाट सहयोग गर्नुपर्ने बताउनुभएको छ। पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरामा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। मन्त्री पाण्डेले पोखराको पर्यटन […]


नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री

अमेरिका, असोज ८ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहनुभएकी मन्त्री डा. राणाले सोमबार न्युयोर्कमा महिला राजनीतिक नेताहरुको एक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै विगत सम्झँदा निकै कहालीलाग्दो अवस्था भए पनि पछिल्ला […]


किसानलाई १२ लाख प्रोत्साहन रकम प्रदान

लीलाधर वली / घोराही, असोज ८ गते । दाङको राप्ती गाउँपालिकाले दुध उत्पादक किसानलाई १२ लाख बढी प्रोत्साहन स्वरूप रकम प्रदान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा एक सय ५१ जना किसानलाई १२ लाख २९ हजार रुपियाँ प्रदान गरेको हो । गाउँपालिकाले प्रतिलिटर चार रुपियाँका दरले तीन लाख पाँच हजार लिटर दुधमा प्रोत्साहन […]


देशको गौरव भनेकै भाषा र साहित्य : राष्ट्रपति

काठमाडौँ, असोज ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार […]


भ्याली स्लाम टेनिसमा इलम र मुकिमको विजयी सुरुआत

काठमाडौँ, असोज ७ गते । इलम दीक्षित र मुकिम थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको ३५ वर्षमाथि पुरुष सिंगल्स सोमबार विजयी सुरुआत गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मनोज महर्जन विरुद्धको खेलमा इलमले पहिलो सेट ६–० ले सहजै जितेका थिए । दोश्रो सेटमा इलम ४–० ले अगाडि रहेको स्थितिमा मनोज रिटायर्ड हर्ट भएपछि इमल […]


वैकल्पिक खेतीतर्फ आकर्षण

वालिङ, असोज ६ गते । स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाको चापाकोट र गल्याङ नगरपालिका तथा बिरुवा गाउँपालिकाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् । पालिकाको सहयोगमा कृषकले परम्परागत रूपमा लगाउँदै आएको धान, मकै, गहुँ, तरकारी बाली छोडेर बाँदरले नखाने काष्ठफलको खेतीतर्फ चासो देखाएका हुन् । ‘काष्ठ फल उत्पादन’ कार्यक्रमलाई पहाडी क्षेत्रमा काष्ठफल […]


कोप–२९ लाई उपलब्धिमूलक बनाइन्छ : मन्त्री शाही

काठमाडौं, असोज ६ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप–२९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हासिल गर्नेगरी नेपाल प्रस्तुत हुने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आइतबार कोप–२९ बारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । मन्त्री शाहीले व्यवस्थित एजेण्डासहित नेपाललाई कसरी बढी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter