समाचार

प्रविधि मैत्री बन्दै सामुदायिक विद्यालय

रोल्पा, असोज २९ गते । रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले डिजिटल हाजिरीको शुरुवात गरेको छ । यसै महीनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि […]


उपत्यकामा टीकाको दिन निःशुल्क बस सेवा

काठमाडौंँ, असोज २९ गते । नेपाली सेनाले दशैँको टीकाको दिन सर्वसाधारणका लागि काठमाडौंँ उपत्यकाको विभिन्न रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । आगामी कात्तिक २ गते दशँैको टीकाको दिन उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालन नहुने भएकाले सर्वसाधारणको सुविधाका लागि आठवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क […]


समृद्धिका लागि राजनीतिभन्दा माथि उठ्छौ ः शहरी विकासमन्त्री

नेपालगञ्ज, बाँके, असोज २९ गते । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज शहरलगायत बाँके जिल्लालाई नै विकासको दृष्टिकोणबाट नमूना जिल्ला बनाउन मन्त्रालयबाट योजना छुट्याएको बताउनुभएको छ । । मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ नेपालगञ्जले यहाँ आज आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री राईले शहरी मन्त्रालयअन्तर्गत बाँकेमा भेरी अञ्चल अस्पतालको स्तरोन्नति, राष्ट्रियस्तरको पार्क र […]


व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य सङ्घलाई

चितवन, असोज २८ गते । भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनले पाउने भएको छ । महानगरपालिका र सङ्घबीचमा यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो । दुई संस्थाको बीचमा भएको सम्झौतामा सङ्घले व्यवसाय दर्ता गर्न उत्प्रेरित गर्ने, कर सम्बन्धी ऐन, नियम तथा मापदण्डका सम्बन्धमा व्यवसायीलाई […]


समृद्धिको प्रतीक ‘जमरा’को जुस पिउने बढे

काठमाडौँ, असोज २८ गते । बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपमा जमरा जुस सेवनबाट गम्भीर प्रकृतिका अर्बुद जस्ता […]


लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिक ११ देखि

काठमाडौँ, असोज २८ गते । पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्याैट भएको छ । निजी अवास पुनः निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख ३७ हजार ८५ जनाले स्थानीय तहको वडामार्फत गुनासो दर्ता गराएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । गुनासो आउने क्रम अझै जारी छ । प्राधिकरणको टोल फ्री […]


शान्ति र स्थायित्वका लागि समुदायको साथ चाहिन्छ – गृहमन्त्री

काठमाडौँ, असोज २८ गते । गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गर्नुभयो । “देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,” गृहमन्त्री […]


सहकारीबाटै समृद्धि ः प्रधानमन्त्री

काठमाडौँ, असोज २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले […]


शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्यो

कञ्चनपुर, असोज २७ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ । कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेका छन् । बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्या उल्लेख्य रूपमा बढेको निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताउनुभयो । […]


सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार हो– उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, असोज २७ गते । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले चाडपर्व भनेको रमाइलो गर्ने पाटो मात्र नभई सामाजिक र सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने आधार भएको बताउनुभएको छ । विजया दशमी, दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । नेकपाका सचिवालय सदस्यसमेत […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter