समाचार

सञ्चय कोषको ९८.३४ प्रतिशत रकम लगानी

काठमाडौँ, भदौ ३१ गते । कर्मचारी सञ्चय कोषले रु दुई खर्ब ८७ अर्ब ७८ करोड अर्थात् ९८.३४ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ । कोषको कूल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६, वाणिज्य बैंकको मुद्दती निक्षेपमा १९ र बाँकी सात प्रतिशत अन्य क्षेत्रमा प्रवाह भएको छ । कोषको स्रोतमा रु दुई खर्ब […]


संविधान दिवसमा टेलिकमको सहुलियत योजना

काठमाडौँ, भदौ ३१ गते । नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि ‘इन्ट्रानेट लिज’ सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रवद्र्धनात्मक योजना लागू गर्ने भएको छ । कर्पोरेट ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो ‘मल्टिपल प्वाइन्ट कनेक्ट’ गर्नको लागि ‘इन्ट्रानेट लिज’ सेवाको उपयोग गर्न सक्छन् । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी […]


निर्मलाका निम्ति न्याय माग्दै देशैभर प्रदर्शन

काठमाडौँ । निर्मला पन्त हत्याकाण्डको विरोधमा राजधानी लगायत देशका विभिन्न ठाउँमा विशाल प्रदर्शन भएका छन् । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको निम्ति देशभर दुई दर्जन बढी ठाउँमा प्रदर्शन गरिएको छ । गत साउन १० मा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्या भएको ५२ दिन बितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको […]


संविधान दिवस- ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

पोखरा, भदौ ३० गते । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन यतिखेर चासो र चर्चाको विषय बनेको छ । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएको भन्दै प्रत्येक वर्षको असोज ३ गतेलाई राष्ट्रिय पर्वकै रुपमा संविधान दिवस मनाउने गरिएको छ । नेपालको संवैधानिक इतिहासमा पहिलो संविधान नेपाल सरकार वैधानिक […]


लुक्लामा जहाज नआउँदा पर्यटक मारमा

विवश कुलुङ / सल्लेरी, भदौ ३० गते । सगरमाथा क्षेत्रमा पर्यटकको आगमन हुने एकमात्र विकल्पका रूपमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा छ दिनदेखि कुनै पनि उडान नहुँदा पर्यटकहरू मारमा परेका छन् । प्रतिकूल मौसमका कारण जहाज आउन नसक्दा नयाँ पर्यटकहरू आउन पाएका छैनन् भने सगरमाथा क्षेत्र आएका पर्यटकहरू फर्कन नपाएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको […]


शिक्षा व्यावसायिक र प्राविधिक हुनुपर्छ–उपप्रम पोखरेल

काठमाडौँ, भदौ ३० गते । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । भीमसेनगोलास्थित मोर्डन कन्या मल्टिपल कलेजको आज आयोजित १२ वार्षिकोत्सव समारोहमा उहाँले ठूलो राजनीतिक परिवर्तनपछि गठन भएका सरकार विकास र समृद्धिका लागि एकसाथ हिँड्नु पर्नेमा लय मिलेको जस्तो नदेखिएको […]


निजगढ विमानस्थल – दुई लाख रुख काटिने

काठमाडौँ, भदौं २९ गते ।’ सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्नेे जनाएको हो । सो विमानस्थलको कूल […]


राजनीतिसँगै व्यावसायिक स्याउ खेती

राजन रावत / सिमकोट, भदौ २९ गते । राजनीति गरेपछि अन्य व्यवसाय गर्न आनाकानी गर्ने मानसिकतालाई चिर्दै सिमकोट गाउँपालिका ६ का वडाध्यक्ष जयचन्द्र रोकायाले व्याासायिक स्याउ फर्म सञ्चालन गर्नुभएको छ । तत्कालका लागि बजारको केही समस्या भए पनि दीर्घकालीन रूपमा व्यावसायिक स्याउ खेतीको भविष्य राम्रो देखेरै वडाध्यक्ष रोकायाले यो व्यवसाय रोज्नुभएको हो । केही पढेलेखेका […]


आर्थिक विकासमा अघि बढने – प्रधानमन्त्री

काठमाडौँ, भदौं २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताउनुभएको छ । कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “लामो राजनीतिक सङ्क्रमणकाल पार गर्दै […]


कोरियाली कम्पनीसँग महानगरको सम्झौता

चितवन, भदौ २८ गते । भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग आज यहाँ सम्झौता सम्पन्न भएको छ । कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पाेरेशनसँग सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पाेरेशनका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गर्नुभयो । सम्झौतापत्रमा एक वर्षभित्रमा महानगरको फोहरको अवस्था […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter