समाचार

वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण छः प्रम

काठमाडौँ, जेठ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व वातावरणीय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालले ४५ प्रतिशत वन क्षेत्र राखेर विश्व पर्यावरणीय क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै विश्वका सबै देशलाई आफ्नो हैसियतअनुसार योगदान गर्न आह्वान गर्नुभयो । विश्वका केही ठूला र धनी […]


सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान

मंगलबारे, इलाम, जेठ २१ गते । निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए । परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक बिहानैदेखि विमानस्थल पुगेका थिए । […]


सरकार संघीयताप्रति गम्भीर भएन – प्रवक्ता शर्मा

रुकुम, जेठ २१ गते । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ । पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरुले यो कुराको पुष्टि गरेको बताउनुभयो । सरकारले प्रस्तुत गरेको बजेट र निर्णयमा केन्द्रीयता लादिएको भन्दै मुख्य मन्त्रीहरुले अभिव्यक्ति दिइरहेको उहाँको […]


सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यार्थीको अभियान

काठमाडौं,  जेठ २०। काठमाडौंको कपनस्थित् जोसेफ माध्यामिक विद्यालयका विद्यार्थीहरुले सुर्तीजन्य पदार्थको रोकथामको लागि अब अभियान नै सञ्चालन गर्ने भएका छन् । आईतबार विद्यालय परिसरमा क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्े बैंकको प्रायोजनमा आयोजित बृहत्त अन्तरक्रियात्मक तथा जनचेतनामूलक कार्यक्रममा सहभागी विद्याथीहरुले विद्यालय वरिपरि सुर्तीजन्य पदार्थको रोकथामकोलागि आजैबाट पहल गर्ने वचनबद्धता जनाएका हुन् । त्यस्तै विद्यार्थीहरुले यो […]


काठमाडौंमा साइकल ट्रयाक निर्माण गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवन साइकल चढे जस्तै भएको बताउनुभएको छ । प्रथम साइकल दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले गतिशिल मानव जीवनको प्रतिकको रुपमा साइकल चिनिएको साइकलको प्रयोगमा सबैलाई प्रोत्साहित गर्नुपर्ने बताउनु भयो । ‘आरोग्य, खेलकूद र व्यायामका लागि संसारका सबैजसो भू–भागमा साइकल प्रभावकारी साधनका रुपमा लोकप्रिय रहँदै […]


ढिलासुस्ती गर्ने ठेकेदारलाई कायवाही गरिने – गृहमन्त्री

ताप्लेजुङ, जेठ १९। गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचक्र्याई गर्न नहुने बताउनुभएको छ । अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले यसमा सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभयो । शनिबार यहाँ मन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाइका साथ […]


महोत्तरीका बाढी पीडितलाई सवा ६ करोड

काठमाडौं। महोत्तरी जिल्लामा गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप ६ करोड २६ लाख वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४ घरपरिवारलाई जनही २५ हजारका दरले राहत उपलब्ध गराएको हो । सो रकममध्ये बाढीबाट क्षति भएका […]


प्राधिकरणद्वारा थप १३ स्थानीय तहको गुनासो सम्बोधन

काठमाडौं, जेठ १८। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा थप १३ वटा स्थानीय तहहरुको नतिजा सार्वजनिक गरेको छ । जस अन्तर्गत २ हजार ७८ घरधुरी पुनर्निर्माण लाभग्राहीमा परेका छन् भने २ सय ६३ जना प्रवलीकरण लाभग्राहीमा समावेश भएको प्राधिकरणका सूचना […]


स्काउटमा आबद्ध हुन प्रमको आह्वान

नुवाकोट, जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमता अभिवृद्धि र व्यक्तिगत कलाकौशलको प्रवद्र्धनसँगै राज्यलाई पनि अनुशासित युवा दस्ता तयार हुने भएकाले विद्यार्थीलाई स्काउटमा आबद्ध हुन आह्वान गर्नुभएको छ । ककनी गाउँपालिका–५, ककनीमा बुधबारदेखि शुरु भएको नेपाल स्काउटको तेस्रो ज्याम्बोरीको आज उद्घाटनका क्रममा नेपाल स्काउटका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आफूले पनि स्काउटको सदस्य भएर […]


बिमस्टेक सम्मेलनमा छिट्टै: ओली

काठमाडौं,१७ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) का महासचिब सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकाश र समृद्धिको माध्यमको बनाउनु पर्ने बताए । प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter