समाचार

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

रमेश लम्साल / काठमाडौँ, असोज २३ गते । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र सञ्चालक भक्तबहादुर पुनको उपस्थितिमा नेपालगञ्ज क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रका […]


फस्ट नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीप शुरु

काठमाडौ, असोज २३ गते । फस्ट नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीप मगलबार बुढानीलकण्ठमा शुरु भएको छ । नौलिन स्पोर्टस भिल्लाले आयोजना गरेको प्रतियोगतामा देशभरबाट ८३ खेलाडीको सहभागिता रहेको छ । पाँच दिने प्रतियोगिताको पहिलो दिन अन्डर १४, अन्डर १२, अन्डर ९ अन्तर्गतका १२ खेल भएका छन् । जसमा अन्डर १४ गल्समा श्रीस्ता राई, निमिशा ढकाल, […]


कर्मचारी दिनहुँ पक्रिँदा मेरो शिर झुकेको छ – मन्त्री अर्याल

काठमार्डौँ, असोज २३ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताउनुभएको छ । ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै मन्त्री अर्यालले राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयअन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी […]


विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह

काठमाडौँ, असोज २३ गते । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ । संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उहाँले भन्नुभयो, “विचाराधीन मुद्दाका समाचार लेख्नाले न्याय सम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा आगामी दिन यस्ता मुद्दामा समाचार नलेख्न आग्रह […]


चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज

चितवन, असोज २२ गते । विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर […]


औलोका बिरामी घट्दै; रोग पहिचान र उपचार शुरु

बैतडी,असोज २२ गते । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् । औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा तल्लोस्वराडमा ६१ औलोका बिरामी फेला […]


सुपरमाईको उत्पादन दुई वर्षअघि नै

कोकिला ढकाल / इलाम, असोज २२ गते । इलाम नगरपालिका ५ बरबोटे र वडा २ सुम्बेकस्थित माईखोलामा निर्माण हुँदै गरेको ७.८ मेगावाटको सुपरमाई जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ । आगामी असोज २५ गते परीक्षण गर्ने तयारी रहेको आयोजनाले जनाएको छ । २०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि दुई वर्ष अगावै आयोजना सम्पन्न […]


प्रथम नौलिन जेआईटी जुनियर टेनिस च्याम्पियनशीप असोज २३ देखि २७ गतेसम्म

काठमाडौँ, असोज २१ गते । सबैका लागि टेनिस (टेनिस फर एभ्रिवान) नाराका साथ स्थापना भएको नौलिन स्पोट्र्स भिल्लाले प्रथम नौलिन जेआईटी जुनियर टेनिस च्याम्पियनशीप, २०१८ सञ्चालन गर्न लागेको छ । नेपाल टेनिस संघको सहकार्य, जुनियर टेनिस इनिसिएटिभ(जेटिआई)को संयोजनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताका खेलहरु जित्ने प्रत्येक खेलाडीले निश्चित अंक प्राप्त गर्ने छन् । […]


नेपाल १४० रनले विजयी, फाइनलमा नेपाल बङ्गलादेशसँग भिड्ने

काठमाडौँ, असोज २१ गते । आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइलैण्डले ८ दशमलव ५ ओभरमा नौ […]


नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्र बैठक कात्तिकमा प्रस्ताव

काठमाडौँ, असोज २१ गते । ऊर्जा क्षेत्रमा सहकार्य गर्ने लक्ष्यसाथ गठित नेपाल– बङ्गलादेश ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिक २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने प्रस्ताव गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति प्रस्ताव गर्दै आवश्यक सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई यही असोज १८ गते शुक्रबार पत्राचार गरेको छ । गत साउन २५ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter